‘बधाई आजै दिऊँ कि पछि ?’

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २ गते ८:४७
‘बधाई आजै दिऊँ कि पछि ?’

बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने पर्ने पात्रचाहिँ मुसुमुसु हाँस्दै थिए ।

पूर्वमाओवादीको असन्तुष्टिका बाबजुद संसद चलाउने परिपक्व व्यक्तिको नाममा मोटामोटी सहमति जुटेको संकेत मिल्दैछ । सभामुखको हकमा सदन चलाउने परिपक्व र अनुभवी पात्र तय गरौँ भन्नेमा लगभग कुरा मिलेको स्रोतले बतायो । एकताको सन्देश दिने गरी अन्य जिम्मेवारी दिने कुरामा पूर्वएमालेबाट प्रतिबद्धता जनाएपछि त्यस्तो वातावरण बन्न लागेको हो ।

सहमति नजिक पुगेका व्यक्ति उनै हुन्, जसले आइतबार होटल समिटमा अनौपचारिक बधाई पाएका थिए, संविधानसभाको अध्यक्षसमेत भइसकेका नेकपा संसदीय दलका दलका उपनेता सुवास नेम्वाङ । उपसभामुखमा राष्ट्रिय जनमोर्चाकी प्यूठानी सांसद तथा पुराना वामनेता मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेललाई अगाडि सार्ने तयारी छ ।

यो खबर जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

प्रकाशित : २०७६ पुष २ गते ८:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI