No ads found for this position

कावासोतीकै पहिलो नमूना मार्गको समुदघाटन

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १ गते १९:२७
No ads found for this position
कावासोतीकै पहिलो नमूना मार्गको समुदघाटन
No ads found for this position

नारायण प्रभु

पौष १, कावासोती
कावासोती नगरपालिकाकै पहिलो नमुना मार्गको समुद्घाट्न आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ।कावासोती नगरपालिकाको वडा न.२ स्थित पन्चकन्या चोक देखि सयपत्री चोकसम्म निर्माण भएको ३९० मिटर नमुना मार्गको प्रमुख अतिथि  वडाका अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले रिबन काटी उद्घाटन गर्नुभएको हो।नगरपालिकामै पहिलोपटक अस्फल्ट प्रबिधिबाट निर्माण गरिएको मार्गमा नगरपालिकाको २० लाख र जनसहभागिता ९ लाख १० हजार गरि २९ लाख १० हजार खर्च लागेको बाटो निर्माण समितिका अध्यक्ष तुलसी राम श्रेष्ठले जानकारी गराउनु भयो। नगरपालिकाकै पहिलो र बलियो मार्ग भएकाले यस मार्गलाई नमुना मार्ग नामाकरण गरिएको स्थानीय रामकुमार श्रेष्ठले बताउनु भएको छ।सरकारी मापदण्ड अनुसार चोक तथा भित्री बाटो छिर्ने स्थानहरुमा जेब्रा क्रसिङ तथा मार्गको बिच बिचमा स्पिड लिमिटका बोर्डहरु राखिएको र अबका केही दिनमा मार्गको दायाँ बायाँ डस्ट्बिनहरु राखिने योजना रहेको स्थानीय हरि न्यौपानेले जानकारी गराउनु भयो।


कावासोती नगरपालिकाकै पहिलो नमुना मार्ग बनाउन सफल भएका वडा न. २ का बासिन्दालाई अध्यक्ष पौडेलले बधाई दिनु भएको थियो भने, बाटो निर्माणमा सहयोग गर्ने सम्पुर्णलाई निर्माण समितिका अध्यक्ष श्रेष्ठले धन्यवाद दिनुभएको थियो। उद्घाटन पछि अतिथी लगाएत निर्माण समितिका पदाधिकारीहरुलाई गाडिमा राखी परिक्रमा गराइएको कार्यक्रममा जनप्रतिनिधि एवं  स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित : २०७६ पुष १ गते १९:२७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI