पीपीएलः धनगढीद्वारा विराटनगर टाइटन्स ५ रनले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ३० गते १४:०८
पीपीएलः धनगढीद्वारा विराटनगर टाइटन्स ५ रनले पराजित

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट (पीपीएल)मा धनगढी ब्लुजले सुखद सुरुआत गरेको छ । सोमबार भएको खेलमा धनगढीले विराटनगर टाईटन्सलाई ५ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो । 
 
पोखरा रंगशालामा धनगढीले दिएको ११८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रन बनाएको हो । विराटनगरका लागि पहिलो ओभरको पहिलो बलमा विराटनगरका मोहमद जाहिद आलम आउट भए । कमल सिंह ऐरीले क्याच आउट गराएका हुन् । विराटनगरका लागि ओपनरमा आएका दिलिप नाथ रन आउट भए । उनले पनि रन बनाउँन सकेनन् । 

विराटनगरको तेस्रो विकेटको रुपमा सुनिल धमला १८ रन बनाएर आउट भए । उनलाई अमित खरेलले क्याच आउट गराएका थिए । विराटनगरको चौथो विकेटको रुपमा कप्तान प्रदिप सिंह ऐरी आउट भए । उनलाई सागर ढकालले क्याच आउट गराएका हुन् । विराटनगरका लागि पाँचौ विकेटको रुपमा नोमन खान आउट भए । उनलाई सागर ढकालले १३ ओभरको दोस्रो बलमा ११ रनमा क्याच आउट गराएका हुन् । 

विराटनगरका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका राजु रिजाल २५ रनमा आउट भए । उनलाई अमित यादवले क्याच आउट गराएका हुन् । विराटनगरको लागि आठौं विकेटको रुपमा राजेस पुलामी मगर २ रन बनाएर आउट भए उनलाई धनगढीका कप्तान दिपेन्द्र सिंह ऐरीले क्याच आउट गराए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा विकेट गुमाउँदै रन बनाएको हो । धगढीका लागि ओपनरमा आएका सन्दीप सुनार दोस्रो ओबरको तेस्रो बलमा ३ रन बनाएर आउट भए । किशोर महत्वको बलमा उनलाई जितेन्द्र मुखियाले क्याच आउट गरेका थिए । धनगढीका लागि ओपनरमा आएका रोर्डिगो थोमस १६ रन बनाएर आउट भए । 
उनलाई नोमन खानले क्याच आउट गराएका हुन् । नोमनको बलमा मोहमद जाहिद आलमले क्याच आउट गराएका हुन् । 

सातौं ओभरको पहिलो बलमा धनगढीको तेस्रो विकेटको रुपमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भए । उनलाई साहव आलमले आउट गराएका हुन् । उनी गोल्डेन डक आउट भएका हुन् । श्रीमान्त विजयरत्न मेहेरा २५ रनमा आउट भए । उनलाई पुनित मेहेराले क्याच आउट गराएका हुन् । 

धनगढीका लागि पाँचौ विकेटको रुपमा सन्दीप जोरा ६ रन बनाएर आउट भए । उनलाई सोहब आलमले ११ ओभरबो दोस्रो बलमा क्याच आउट गराएका थिए  । सोहब आलमले ११ ओभरको चौथो बलमा अमित यादब तीन रनमा आउट भए । धनगढीका लागि सातौं विकेटको रुपमा मन्जीत श्रेष्ट १४ ओभरको तेस्रो बलमा आउट भए । उनलाई जहिद आलमले ११ रनमा बोल्ड आउट गराएका हुन् । 

सौरव खनाल १२ रन बनाएर आउट भए । उनलाई नोमन खानले १८ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए । नोमनको व्यक्तिगत दोस्रो विकेट थियो । पुनित मेहेरा १५ रनमा आउट भए । त्यस्तै बोल्ड आउट भए । उनलाई दिपेन्द्रले ८ रनमा बोल्ड आउट गरेका थिए । 

आजको खेलमा जित निकाल्दै धनगढीले प्रतियोगितामा सुखद सुरुआत गरेको हो । धनगढीले दुई अंक जोडेको छ ।

प्रतियोगिताको पहिलो खेलमा जित निकालेको पोखरा पल्टनले पनि दुई अंक जोडेको छ । 

प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा बुटवल बलास्टरले काठमाडौं गोल्डेनसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित : २०७६ मंसिर ३० गते १४:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI