No ads found for this position

पोखरा प्रिमियर लिग मङ्सिर २८ बाट : विजेतालाई २७ लाख

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २६ गते १६:५५
No ads found for this position
पोखरा प्रिमियर लिग मङ्सिर २८ बाट : विजेतालाई २७ लाख
No ads found for this position

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यहि मंसिर २८ गतेदेखि १२ गतेसम्म हुँदैछ।

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन्।

सबै टिमले ड्राफ्टमार्फत खेलाडीहरु आबद्ध गरिसकेका छन् भने टिमका खेलाडी पोखरा आउने क्रम सुरु भइसकेको छ।

पोखरा रंगशालामा सञ्चालन हुने लिगको तयारी पूरा भएको आयोजकले जनाएको छ।

यसपटकको विजेतालाई २७ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ।

यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ। म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ।

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र ईमर्जिङ्ग खेलाडीलाई रु ५० हजार रुपैयँ साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार दिइनेछ ।

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई किलियर टिभि किलियर र प्रत्येक खेलमा सबै भन्दा छिटो अर्धसतक प्रहार गर्ने खेलाडीलाई फास्टेस फिप्टि प्रदान गरिनेछ। केवलनेट प्रा.लिले इन्टर नेट र किलियर टिभि उपलब्ध गराउनेछ।

गत बर्ष दुई जना विदेशी खेलाडी रहेकोमा यस पालि प्रत्येक टिममा तीन जना विदेशी खेलाडी रहनेछन्।

प्रकाशित : २०७६ मंसिर २६ गते १६:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI