बृहत विज्ञान कला तथा सांस्कृतिक प्रदर्शनी हुदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २६ गते १४:५९
बृहत विज्ञान कला तथा सांस्कृतिक प्रदर्शनी हुदै

२६ मङ्सिर ,
सोसाइटी फर एजुकेशनल एक्सिलेन्सी नवलपुर ( सिन)को आयोजनामा यहि मङसिर २७ गते शुक्रबारका दिन कावासोती -१६ डण्डामा बृहत विज्ञान कला तथा सांस्कृतिक प्रदर्शनी हुने भएको छ । सिनमा आवद्ध विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीले सैद्धान्तिक तथा व्यवहारिक रुपमा ज्ञानहरुलाई प्रस्फुटन गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सिन नवलपुरका अध्यक्ष बालकृष्ण थापाले बताए । दुई चरणमा आयोजना गरिएको कार्यक्रमको पहिलो चरणमा विज्ञान तथा कला प्रदर्शनी तथा दोस्रो चरणमा सांस्कृतिक प्रदर्शनी रहने आयोजकले जनाएको छ । कार्यक्रम कावासोती-१६ डण्डा मा रहेको थारु संग्रहालय संगैको खुला मैदान हुने जनाईएको छ ।

प्रकाशित : २०७६ मंसिर २६ गते १४:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI