काठमाडौं । मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले बेलायतको लण्डनमा भइरहेको मिस वर्ल्ड प्रतियोगितामा दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जित्न सफल भएकी छिन् ।
यो प्रतिस्पर्धा जितसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् । पहिलो चरणको ‘हेड टु हेड’ च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
उनले ‘हेड टु हेड’ च्यालेन्ज जिते पनि मल्टी मिडिया अवार्ड जित्नको लागि अझै धेरैभन्दा धेरै भोटको आवश्यकता पर्ने भएकाले सम्पुर्ण नेपालीलाई सहयोगका लागि आग्रह गरेकी छिन् ।
प्रकाशित : २०७६ मंसिर २६ गते ११:५३
Facebook Comment