No ads found for this position

सुत्केरी अस्पतालमै ’बन्धक’

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २६ गते ८:५०
No ads found for this position
No ads found for this position

२६ मसिंर, राजविराज । उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् ।

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्ने आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।
विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितापछि ललितालाई विराटनगर अस्पताल पुराएको थियो नवजात जुम्ल्याहामध्ये एकको मृत्यु भइसकेको छ भने अर्की शिशु तोपास्थित घरमा छिन् ।

ललिता दलित खत्वे समुदायकी हुन् । उनका पति गोपी मजदुरी गरेर जीविकोपार्जन गर्छन् । ललितालाई सुत्केरीका लागि गत कात्तिक २३ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । बिहीबारको कान्तिपुर दैनिकबाट

प्रकाशित : २०७६ मंसिर २६ गते ८:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI