No ads found for this position

माल्दिभ्सलाई ५ विकेटलाई हराउदै नेपालले जित्यो कास्य पदक

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २३ गते १२:०४
No ads found for this position
माल्दिभ्सलाई ५ विकेटलाई हराउदै नेपालले जित्यो कास्य पदक
No ads found for this position

२३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ ।

सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।


नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे ।

नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए ।

प्रकाशित : २०७६ मंसिर २३ गते १२:०४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI