प्राइम लाइफ इन्स्योरेन्स कावासोती शाखाले गर्यो मृतक परीवारलाई दाबी रकम हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २२ गते २०:३१
प्राइम लाइफ इन्स्योरेन्स कावासोती शाखाले गर्यो मृतक परीवारलाई दाबी  रकम हस्तान्तरण

प्राइम लाईफ इन्स्योरेन्स कावासोती शाखाले मृतक परीवारलाई दाबी रकम हस्तान्तरण गरेकोछ । सडक दुर्घटनामा मृत्यु भएका कावासोती नगरपालिका वडा नं ४ का नारायणप्रसाद पोख्रेलको वैदेशिक रोजगार म्यादी जिवन विमाबापत १४ लाखको चेक मृतकका श्रीमती सपना न्यौपानेलाई शाखा प्रमुख अनिल सुवेदिले आज हस्तान्तरण गर्नु भएको हो ।

पोख्रेलले २०७४ असोज २० मा रु १० लाखको तिन वर्षकोे अवधिको लागी म्यादी बिमा गरेका थिए । पोख्रेलको २०७६ असोज१३ सडक दुर्घटनामा परि यु.ए.ईमा मुत्यु भएको थियो ।

प्रकाशित : २०७६ मंसिर २२ गते २०:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI