No ads found for this position

यस वर्षको तिर्थराज भुसाल स्मृति पत्रकारिता पुरस्कार यज्ञशलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २२ गते १४:४३
No ads found for this position
यस वर्षको तिर्थराज भुसाल स्मृति पत्रकारिता पुरस्कार यज्ञशलाई
No ads found for this position

सिटौला भोलि कावासोती आउदै

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला भोली नवलपुरको कावासोती आउनुहुने भएको छ ।
पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्ट्ले आयोजना गरेको पत्रकार तिर्थराज भुसाल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य सिटौला कावासोती आउन लाग्नुभएको हो । स्व. पत्रकार तिर्थराज भुसालको दोस्रो स्मृति दिवसमा नवलपुर एफएमको प्रङ्गणमा विहान ११ बजे कार्यक्रम संचालन हुने पत्रकार तिर्थराज भुसाल स्मृति ट्रस्टका अध्यक्ष झपेन्द्रश्वर भुसालले जानकारी दिनुभयो । कार्यक्रममा इकान्तिपुरको सम्पादक एवं साहित्यकार यज्ञसलाई यस वर्षको तिर्थराज भुसाल स्मृति पत्रकारिता पुरस्कार बाट सम्मान गरिने ट्रस्टका अध्यक्ष भुसालले बताउनुभएको छ ।

नवलपुर एफएमका संस्थापक स्व.पत्रकार भुसालको २०७४ साल मंसिर महिनामा निर्वाचनको रिपोटिङ गरेर फर्कने क्रममा दुम्किवासमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । नवलपुर एफएमका कार्यकारी स्व पत्रकार भुसालको सम्झनामा स्थापना गरिएको ट्र्ष्ट मार्फत प्रत्येक वर्ष क्रियाशिल युवा पत्रकार एवं पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने मोफसल र केन्द्रका पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको ट्रस्टका सचिव मुना दाहालले बताउनुभयो । पहिलो स्मृति दिवसमा पूर्वी नवलपरासीको त्रिवेणीबाट दुई दशक भन्दा अघिदेखि पत्रकारीता गर्नुभएका प्रेमचन्द्र रौनियारलाई सम्मान गरिएको थियो । सोमवार हुने स्व.पत्रकार तिर्थराज भुसाल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहमा प्रदेश सांसद, जिल्ला तहका नेता, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल लगाएतको उपस्थिती रहने ट्रस्टका सचिव दाहालले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ मंसिर २२ गते १४:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI