घट्यो सुनचाँदीको मूल्य

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २२ गते १३:२०
घट्यो सुनचाँदीको मूल्य

आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन ७१ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर २२ गते १३:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI