No ads found for this position

जेष्ठ नागरिकलाई मनोपरामर्श

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २१ गते २०:४८
No ads found for this position
जेष्ठ नागरिकलाई मनोपरामर्श
No ads found for this position

सागर पोख्रेल

कावासोती, मंसिर २१
रोटरी क्लब कावासोतिको र कल्पबृक्ष हेल्थ फाउन्डेसन संयुक्त आयोजनामा “बढ्दो उमेर र मनोबिज्ञानको सामिप्यता, कति नजिक कति टाढा बिषयक एक दिने मनोपरामर्श सम्बन्धी कार्यक्रम सनिबार सम्पन्न भएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका गण्डकि प्रदेशका सांसद बिष्णु लामिछानेले ज्येष्ठ नागरिकको क्षेत्रमा गरिने लगानी हामी आफ्नै लागि गरिने लगानी गरीएको बताउनु भएको छ । सासद लामिछानेले राज्यले वृद्ध भत्तामा भन्दा बढी जोड बृद्धबुद्धाहरुको सुबिधा वृद्धिमा दिनुपर्ने बताउनु भएको छ । राज्यले प्रदान गर्ने सबै सेवा सुविधामा बृद्धहरुको सहज पहुँचको ब्याबस्था गर्नु पर्ने समेत बताउनुभयो ।
रोटरी क्लब कावासोतिका अध्यक्ष भरत शर्मा पोखरेलको अध्यक्षता सम्पन्न उक्त कार्यक्रम जिल्लाका देवचुली, मध्यबिन्दु, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका बाट विभिन्न क्षेत्रबाट बृद्धबृदाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा कल्पबृक्षको तर्फबाट कृष्ण अर्याल, वसन्त पौडेल, डा. बिजय थापा, अर्जुन पौडेल, शुभांग प्याकिरेल, राजेस पौडेल मानविय मनोबिज्ञानका बिबिध बिषयमा प्रकाश पार्नु भएको थियो भने प्रबिन तिवारीले उक्त कार्यक्रममा मोडरेटरको भुमिका निभाउन भएको थियोे ।

प्रकाशित : २०७६ मंसिर २१ गते २०:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI