No ads found for this position

चितवनको राप्ती-४ मा अटो दुर्घटना :५ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २१ गते २०:०९
No ads found for this position
चितवनको राप्ती-४ मा अटो दुर्घटना :५ को मृत्यु
No ads found for this position

डोलराज रानाभाट, २१ मंसिर । चितवन राप्ती न.पा. ४ चेपाङ मार्ग स्थित भित्री सडक खण्डमा चेपाङ मार्ग बाट चौकी डाँडा तर्फ आउदै गरेको ना१ह ६४०९ नं. को अटो आँफै अनियन्त्रित भई पल्टिदा ५ जनाको मृत्यु भएको छ । सोही अटोमा सवार चालक सहित ६ जना सिरियस घाईतेहरुको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पर्बत जिल्ला कुस्मा नगरपालिका पिपलटारी बस्ने बर्ष ३५ को श्याम प्रसाद तिवारी, नाम ठेगाना नखुलेका वर्ष ३५ का पुरुष, वर्ष २५÷३० की महिलाको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो भने वर्ष ३५÷४० की महिला, वर्ष ३५÷४० की महिलाको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । नाम ठेगाना नखुलेका अर्का बर्ष २५।२६ को पुरुष गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका सूचना अधिकारी डिएसपी एक नारायण कोइरालाले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको र मृतक र घाइतेको पहिचानका लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ मंसिर २१ गते २०:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI