भारतबाट भित्राउदै गरेको करोडौको अवैध सामान चालक सहित पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २१ गते १८:५४
भारतबाट भित्राउदै गरेको करोडौको अवैध सामान चालक सहित पक्राउ

जीवन न्यौपाने, नवलपरासी ।

दिल्लिवाट अवैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा करोडौ मुल्य वरावरको सामान बोकेको ना८ ख १२०३ नम्वरको बस चालकलाई नवलपरासी प्रहरीले शनिवार सुनवल १२ भुमहीबाट पक्राउ गरेको छ । पक्राउ पर्ने चालक रसुवा जिल्ला वेद्रावती गाउपालिका १ का वर्ष ३८ का पविन महर्जन हुन । जिल्ला प्रहरी कार्यालयले पाएको विशेष सुचनाका आधारमा चेकजांच गर्ने क्रममा शनिवार विहान ११ बजे जिल्ला प्रहरी कार्यालयको टोलिले बस सहित चालक महर्जनलाई भुमहीबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको बसबाट लुकाई छिपी राखिएको अवस्थामा १ सय ४९ थान ट्र्याकसुट कपडा, १८ बोटा अन्य लत्ता कपडा, ८ कार्टुन औषधि, ७ थान प्रती प्याकेटका दरले ८ प्याकेट मोवाइल फोन प्रहरीले वरामत गरेको र यसवारे थप अनुसन्धान प्रकिया अगाढी बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले जानकारी गराए । उक्त बस हिजो साझ ६ बजे ३२ जना यात्रु बोकेर दिल्लिबाट नारायणगढको लागी छुटेको बसचालकले वताए ।

प्रकाशित : २०७६ मंसिर २१ गते १८:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI