ओलिको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भयो : देउवा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २० गते १७:३३
ओलिको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भयो : देउवा

सन्जय भट्टराई , नवलपुर २० मङ्सिर

नेपाली काङ्ग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपि ओलिको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको बताएका छ्न । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज नवलपुरमा आयोजना गरेको सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन । आफू प्रधानमन्त्री हुँदा भारत सँग गरिएको महाकाली सम्झौतामा स्पष्ट रुपमा महाकाली नदि पुर्वको भाग नेपालको भनेर लेखिएको र कालापानी लिपुलेक लिम्पियाधुरा काली पुर्व पर्ने भएकाले भारतले जारी गरेको नक्साको कुनै अर्थ नरहेको बताए । भारतले जारी गरेको नक्साको विषयमा सरकारले भारत सँग कुनै ठोस छलफल गर्न नसक्दा सरकारकै मिलेमतोमा भारतले नक्सा जारी गरेको हुन सक्ने देउवाले बताए ।
फरक प्रसंगमा बोल्दै देउवाले सरकार मिडिया काउन्सिल लगाएतका विविध विधेयकहरु ल्याएर अधिनायकवादको बाटोमा अघि बढेको आरोप लगाएक छ्न । प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा नेपाली काङ्ग्रेस सदैव रहेको स्पष्ट पार्दै देउवाले यो विषयमा कसै संग सम्झौता नगरिने बताए । कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री ओलिको स्वास्थय लाभको कामना पनि गरेका थिए। ।


यसै बिच प्रेस युनियन नवलपुर शाखाले आज आयोजना गरेको कार्यक्रममा यस वर्षको सुर्यभक्त पतना देवि स्मृति पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गरिएको छ । २५००० नगद, ताम्रपत्र र दोसल्लाले काङ्ग्रेस सभापति एवं पुर्व प्रधानमन्त्री देउवाले नेपाललाई सम्मान गरेका थिए । कार्यक्रममा काङ्ग्रेस केन्द्रिय सदस्यहरु गुरुराज घिमिरे , प्रदिप पौडेल , देवेन्द्रराज कंडेल , प्रेस युनियनका केन्द्रिय सभापति बद्री सिग्देल लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६ मंसिर २० गते १७:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI