करणी पछि हत्याका आरोपीहरु प्रहरी ईन्काउन्टरमा मारिए

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २० गते ८:५८
करणी पछि हत्याका आरोपीहरु प्रहरी ईन्काउन्टरमा मारिए

एजेन्सी। भारतको तेलंगनामा भेटेनेरी डाक्टरको बलात्कार पछि हत्या गरिए पछि प्रहरीले चार आरोपितको गोली हानी हत्या गरेको छ। हैदरवादका पुलिस कमिश्नरले भारतीय संचारमाध्यमहरुमा पुष्टी गरेका छन्।

पक्राउ परेका चार आरोपितलाई अनुसन्धानका लागि घट्नास्थलमा लगेपछि त्यहाँबाट भाग्न लाग्दा प्रहरीले गोली प्रहार गरेको बताईएको छ। चारजनाले बलात्कार पछि हत्य गर्दै ति महिलाको लाशलाई जलाएका थिए।

सरकारी अस्पतालमा पशु चिकित्सकमा गरिरहेकी महिलाको नोवेम्बर २८मा बलात्कार पछि हत्या भएको थियो। उनको जलाईएको लाश भेटिएपछि चार अभियुक्त पक्राउ परेका थिए। सरकारले बिशेष अदालतको पनि व्यवस्था गरेको थियो।

उनीहरुले भाग्ने प्रयास गरेपछि गोली हानिएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ मंसिर २० गते ८:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI