ईनारमा खसेर दुई वर्षिय बालिकाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १९ गते १८:१४
ईनारमा खसेर दुई वर्षिय बालिकाको मृत्यु

देवचुली-१ केउरानीमा सृष्टि महतो नाम गरेकी बालिकाको ईनारमा खसेर मृत्यु भएको छ । जगबहादुर महतोको करिब दुई वर्षिय छोरी दिउसो करिब ३ बजे तिर घरमा नभेटिएपछि खोज्ने क्रममा आफ्नै घर पछाडीको ईनारमा खसेको अवस्थामा भेटिएकी थिईन । ईनारमा खसेको अवस्थामा भेटिएकी बालिकालाई उद्दार गरि देवचुली अस्पताल पुर्‍याउदा अस्पतालले मृत घोषणा गरेको स्थानीयले बताए ।

प्रकाशित : २०७६ मंसिर १९ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI