पाङ्ग्रेको भिरबाट मोटरसाइकल खस्दा एकको मृत्यु, एक गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १९ गते १३:३७
पाङ्ग्रेको भिरबाट मोटरसाइकल खस्दा एकको मृत्यु, एक गम्भीर घाईते

नवलपुरको बुलिङ्गटार गाउँपालिका ५ भारतीपुरबाट दलदले आउँदै गरेको मोटरसाइकल भीरमा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ना २८ प २२६० नम्वरको मोटरसाइकल हुप्सेकोट गाउँपालिका ५ को पाँग्रे भीरबाट खस्दा मोटरसाइकलको पछाडी सवार भारतीपुरका ५५ वर्षिय बुद्धिमान श्रेष्ठको मृत्यु भएको हो । बाटो बनाइरहेको ठाउँ साँघुरो भएको र ढुँगामा ठोक्किएर बाइक खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मोटसाइकल सडकबाट झण्डै १०० मिटर तल भिरमा अड्कीएको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भारतीपुरकै ५२ वर्षीय राम्जी श्रेष्ठको गम्भीर अवस्थामा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार जारी रहेको छ । अडकिएको मोटरसाइकल झिक्ने प्रयास भइरहेको छ ।

प्रकाशित : २०७६ मंसिर १९ गते १३:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI