सागमा आज १७ खेलमा प्रतिस्पर्धा हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १९ गते १०:०२
सागमा आज १७ खेलमा प्रतिस्पर्धा हुँदै

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा आज बिहिबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ। बिहिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिच भलिबल, भारोत्तोलन र उसुको प्रतिस्पर्धा हुनेछ। 

पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल खेल हुँदैछ । बाँकी खेल काठमाडौंमा हुनेछ । दशरथ रंगशालामा हुने पुरुष फुटबमा आज भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेश भिड्दैछन् । 

सागको चौथो दिनसम्म नेपाल २९ स्वर्ण जित्दै पदक तालिकाको दोस्रो स्थानमा छ । ३४ स्वर्ण जितेको भारत शीर्ष स्थानमा छ । 

प्रकाशित : २०७६ मंसिर १९ गते १०:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI