नारायणी किनारमा मृत गैडा फेला

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते १४:३८
नारायणी किनारमा मृत गैडा फेला

चितवन मंसिर १८-

भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो । सो स्थानमा नदीले बगाएको अवस्थामा गैँडा भेटिएको थियो । गैँडालाई बग्न नसक्ने गरी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले बाहिर निकालेको जनाइएको छ ।

घिमिरेले सो स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकिने बताए । बुढो गैँडा पानी खान जाने क्रममा नदीमा डुबेर बगाएको अनुमान गरिएको घिमिरेको भनाइ छ । यो सँगै चालु आर्थिक वर्षमा पाँचवटा गैँडा कालगतिले मरेका छन् । रासस/ फाइल :फोटो

प्रकाशित : २०७६ मंसिर १८ गते १४:३८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI