जापानको सीप परीक्षामा सबै फेल, पहिलो चरणमा काेहि पनि जान नपाउने

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते ११:०६
जापानको सीप परीक्षामा सबै फेल, पहिलो चरणमा काेहि पनि जान नपाउने

मंसिर १८ : 

जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन्। जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५  जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए।

ती मध्ये भाषा परीक्षामा एक जना मात्र उर्तिण भए।  नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप परीक्षणमा उतीर्ण हुुनुपर्छ। अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्रबाट छानेर जापान फाउण्डेसनले परीक्षा लिएको थियो भन्ने खबर कान्तिपुर दैनिकमा छ।

कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो भन्ने स्पष्ट नहुँदा परीक्षार्थी अन्योलमा  परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ। 

प्रकाशित : २०७६ मंसिर १८ गते ११:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI