भीमको दसौं एकल चित्रकला प्रदर्शनी काठमाण्डौंमा हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते १०:३८
भीमको दसौं एकल चित्रकला प्रदर्शनी काठमाण्डौंमा हुने

तिलक सुवेदी नवलपुर
मोफसलमा बसेर निरन्तर चित्रकारीतामा लागिरहनु भएका गैडाकोटका चित्रकार भीमप्रसाद शर्माको दसौं एकल चित्रकला प्रदर्शनी यही मङ्सिर २२ गते देखी २७ गते सम्म नेपाल आर्ट काउन्सील काठमाण्डौंमा हुदैछ । एकल चित्रकला प्रदर्शनीमा अधिल्ला चित्रहरुमा भन्दा धेरैनै फरक खाले काष्ठचित्रपटमा प्रस्तुत गरीएको चित्रकार शर्माले बताउनुभयो । पहाडी गाँउघरका बन्द झ्याल–ढोका र ताला(चाबीलाई चित्रांकन गरी ूबन्द घरू र ूगौंथली ९प्रकृति० र मानव बिचको सहसम्बन्धू को सांकेतिक भाव प्रस्तुत गर्दै युवाहरुको विदेश पलायन, गाउँलेहरुको शहर पलायन तथा शहरियाहरुको कृतिमता मोह बढिरहेको वर्तमान परिवेशमा मनिसको आश्रयमा रहने गैंथलीहरुमा विचलन र विस्थापनको मार्मिक अवस्थालाई आफ्ना चित्रहरु मार्फत प्रस्तुत गरिएको कुरा चित्रकार शर्माले जानकारी दिनुभयो।

यो पटक प्रकृती र मानव, मानव तथा चरा अनि प्रकृति र मानवीयता विच विकसित मानवीय सम्बन्धलाई चित्र मार्फत प्रस्तुत गर्दा आफ्नो पहाडी जीवन र वाल्यकालको सुखद सम्झना आएको कलाकार शर्माले बताउनु भयो र यो समेतका १० वटा एकल चित्रकला प्रदर्शनीहरु मध्ये ७ वटा प्रकृति र जीवनकै बारेमा रंग संयोजनद्वारा कलात्मक अभिव्यक्ति दिनुभएका शर्माले मानवप्रेमको अभावमा सिर्जित गौंथलीको संवेदनालाई देखाउदैं हाम्रो मौलिक संस्कृति र जीवनशैलीमा आएको ह्रासलाई काष्ठचित्रपटमा उतार्दै आफ्नो यो दशौँ प्रदर्शनीको नाम नै ूसम्बन्धनू राखिएको कुरा शर्माले बताउनुभयो ।


बाग्लुङ जिल्लाको सर्कुवामा जन्मनु भएको चित्रकार भीम प्रसाद शर्माले अहिले आफ्नो गाउँ घर पुगेको बेला मानवीय आश्रय बिहिन गौँथलीहरु परिवारको स्नेहमय सह सम्बन्धको प्रतीक्षामा रहेका कुराको अनुभूतिलाई चित्रद्वारा सम्प्रेषण गर्दा आत्मसन्तुष्टि मिलेको बताउनुभयो ।

प्रकाशित : २०७६ मंसिर १८ गते १०:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI