No ads found for this position

भारतले नेपाली भूमि मिचेको बिरोधमा पोर्चुगलमा भारतीय दूतावास अगाडि प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १८ गते ९:०८
No ads found for this position
भारतले नेपाली भूमि मिचेको बिरोधमा पोर्चुगलमा भारतीय दूतावास अगाडि प्रदर्शन
No ads found for this position

लिस्वन
गैर आवासीय नेपाली संघ पोर्चुगलले भारतले नेपाली भूमि अतिक्रमण गरेको बिरोधमा लिस्वनमा प्रदर्शन गरेको छ ।राजधानी लिस्वनस्थित  भारतीय राजदूतावास अगाडी कालो व्यानर र गो ब्याक ईन्डिया लेखेका प्ले कार्ड सहित प्रदर्शन गरेका गैर आवासीय नेपालीहरुले भारतले हालै जारी गरेको आफ्नो देशको भारतीय नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक राखेकोमा चर्को बिरोध गरे ।सेनालाई कालापानी छोड्न दवाव दिदै नेपालमाथिको हस्तक्षेप बन्द गर्न सहभागीहरुले भारतका बिरुद्ध नारावाजी गरे । बिरोध कार्यक्रममा एनआरएन पोर्चुगलका अध्यक्ष तिलक गैरेले भारतलाई असल छिमेकीको व्यबहार गर्न र अतिक्रमित भू भाग फिर्ता गर्न आग्रह गरे ।उनले बिभिन्न स्थानबाट बिरोध कार्यक्रम सहभागिता जनाउन आएका नेपालीहरुलाई धन्यवाद दिए ।बिरोध प्रदर्शनमा नेपाली काँग्रेस जन सम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे , प्रवासी नेपाली मञ्चका महासचिव राज कुमार थापा,  एनआरन का पूर्व अध्यक्ष कुवेर कार्की, आइसिसी सदस्य द्वय नारायण काजी  मगर, रबिन अधिकारी,प्रगतिशील  मन्चका अध्यक्ष नारायण शर्मा सुबेदी, जन प्रगतिशील मोर्चाका अध्यक्ष प्रदीप अधिकारी, एनआरन पोर्चुगलकाका युवा संयोजक दिनेश भण्डारी लगायत पोर्चुगल स्थित नेपाली संघसंगठनका पदाधिकारीहरु समेत गरी झण्डै सयको हाराहारीमा नेपालीको सहभागिता रहेको थियो । 

दूतावास मार्फत भारत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहे पनि दूतावासले ज्ञापन पत्र बुझ्न मानेन ।
बिरोध प्रदर्शन कार्यक्रम एनआरएन पोर्चुगलका अध्यक्ष गैरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
अध्यक्ष गैरेले दूतावासले बुझ्न नमानेको ज्ञापन पत्र हुलाक मार्फत दूतावासलाई पठाईने जानकारी दिए ।

प्रकाशित : २०७६ मंसिर १८ गते ९:०८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI