जेसिजका हरेक क्रियाकलापहरुलाई परिणाममुखी बनाउन आवश्यक छ : खनाल

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १९:४५
जेसिजका हरेक क्रियाकलापहरुलाई परिणाममुखी बनाउन आवश्यक छ : खनाल


दमौली ( तनहुँ) १७ मंसीर २०७६
नेपाल जेसिज बर्ष २०२० का लागि रास्ट्रीय अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले जेसीजका हरेक कार्यक्रमहरुलाई परिणाममुखी बनाउन आबश्यक रहेको बताउनुभएको छ । उहाँले जेसीजले व्यक्तीको क्षमता र व्यक्तीत्व विकासका लागि दर्जनौ कार्यक्रमहरु गर्ने गरेपनि त्यसले परिणाम दिन नसकेको बताउनुभयो । उहाले भन्नुभयो , “जेसीजका कार्यक्रमहरु अत्यन्तै अराम्रा छन् तर यसलाई परिणाममुखी बनाउन आबश्यक छ ।”
तनहुँको सदरमुकाम दमौलीमा मंगलबार साँझ व्यसनगर जेसीजमा आफ्नो उम्मेदवारी प्रर्वद्धन गर्दे खनालले भन्नुभयो , “म राष्ट्रिय अध्यक्ष निर्वाचित भएको अबस्थामा हरेक कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमहरु तय गर्नेछु ।”
उहाँले जेसीजका कार्यक्रमहरुमा समयानुकूल परिबर्तन गर्न आबश्यक रहेको पनि बताउनुभयो । उहाँले ४६ औं राष्ट्रीय महाधिवेशन बाट आफू निर्बाचित भएमा जेसीजका कार्यक्रमहरुलाई सकारात्मक रुपमा परिबर्तन गरिने बताउनु भयो ।
“जेसीजका कार्यक्रम हरु बर्शौ देखि एउटै संरचना मा चलिरहेका छन् , अब यसलाई परिणाममुखी बनाउन आबश्यक छ “ उहाँले भन्नू भयो “कार्यक्रमहरुलाई परिबर्तन गर्दै परिणाम मुखी बनाउने गरि मेरा कार्यक्रमहरु बन्नेछन् । “
उहाँले महाधिवेशन बाट आफू निर्बा्चित भएमा राज्यको नीति निर्माण तहमा जेसीजको नेतृत्व पुग्ने गरि आबश्यक कार्यक्रम तय गरिने बताउनुभयो । उहाँले जेसीजहरु विधिको शासन र लोकतान्त्रीक पद्धतीको कार्यान्वयनका लागि निरन्तर लाग्ने युबा भएकाले राज्यको नेतृत्वमा पुग्न आबश्यक रहेको उल्लेख गर्नुभयो ।
खनालले आफुले जेसिजको नेतृत्व सम्हाल्ने अवसर पाएमा ४ वटा क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठानको कार्यालय स्थापना गरि सबै शाखालाई सहज तबरले तालिम प्रदान गर्ने बताउनुभयो ।


वयसनगर जेसीज बर्ष २०१९ का अध्यक्ष रमेश गिरी को अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा उम्मेद्धवार खनालले आफ्नो उम्मेद्धवारी राज्यका विभिन्न अंगहरुसंग समन्वय गर्न, जेसिजका हरेक क्रियाकलापलाई परिणाममुखी बनाउन, राज्यको एक अभिन्न अंगका रुपमा स्थापित गराउदैँ निति निर्माण तहमा जेसिज नेतृत्वको उपस्थीती गराउने लक्ष्यका साथ आफु चुनावमा होमिएको बताउनु भयो ।
नेपाल जेसिजको आउदोँ पौष ९ देखी १२ गते सम्म चितवनको रत्ननगरमा हुन गईरहेको ४६ औँ महाधिबेशनमा खनालले जेसीज एक अभियान भएकाले यूवाहरुको नेतृत्व विकास गर्दै समाज परिर्वतनका लागि यूवाहरुलाई संगसंगै अगाडी लिएर बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
चितवनको बिसहजार जेसिजबाट २००४ मा सदस्यता लिएर २०१० मा शाखा अध्यक्ष, २०१२ मा राष्टिय उपाध्यक्ष, २०१३ मा राष्टिय महासचिव हुदैँ २०१६ मा राष्टिय कार्यकारीणी उपाध्यक्ष पद सम्हालेर कार्य अनुभव लिईसकेका खनाललाई शाखाले २०२० मा राष्टिय अध्यक्ष पदमा अगाडी सारेको बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटीले बताउनुभयो । मंगलबार भएको भेटघाट कार्यक्रममा व्यासनगर जेसिजका निवर्तमान अध्यक्ष माधव न्यौपाने , निवर्तमान अध्यक्ष फविन्द्र भटट्राई , पुर्व अध्यक्ष ओम श्रेष्ठ , बीसहजार जेसीजका महासचिब रेशमराज शर्मा लगायत व्यासनगर जेसीजका शाखाका पदाधिकारी एबम् पुर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ मंसिर १७ गते १९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI