आज २८औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस-सुनवलमा अन्तरक्रिया सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १८:३१
आज २८औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस-सुनवलमा अन्तरक्रिया सम्पन्न


पुजा लम्साल
सुनवल,मंसिर १७ ।
आज २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मूल नारा सहित नवलपरासी लगायत देशैभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा आज सुनवल नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुनवल सामुदायिक बिकास केन्द्रको सभाहलमा आयोेजित अन्तरक्रिया कार्यक्रममा सहभागि बक्ताहरुले अपाङ्गलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिले पनि केहि गर्न सक्छ भनेर उनिहरुलाई अवसर र हौसला प्रदान गर्न सके समृद्ध समाजको बिकास हुने बताएका छन् । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
सुनवल नगरपालिका वडा नं १का वडाध्यक्ष बिनप्रसाद बुढाथोकिको अध्यक्षता तथा वडा नं २ का वडाअध्यक्ष राजेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नं ३ वडाध्यक्ष कर्णबहादुर शेन,वडा नं ४का अध्यक्ष बिरबहादुर गुरुङ, वडा नं ५ का अध्यक्ष थमन शिह नेपाली ,वडा नं ६का अध्यक्ष रामप्रसाद लामा, नगरपालिकाका शिक्षा शाखा प्रमुख पशुपति भट्टाई, सुनवल सामुदायिक बिकास केन्द्रका अध्यक्ष उमानाथ पोखरेल, कार्यपालिका सदस्य,वडा सदस्य,बालमैत्रि स्वयमसेबिका, लगायतको सहभागिता रहेको थियो । सो अवसरमा नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरे र सुनवल सामुदायिक बिकास केन्द्रकी राधा सापकोटाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । सुनवल नगरपालिका भित्र हाल ९सय ५०जना अपांगता भएका व्यक्तिहरु रहेको तथ्याकं प्रस्तुत गरिएको थियो । नगरपालिकाले प्रत्येक महिनाको १५ गते अपांगता परिचय पत्र बितरण गर्ने गरेको छ ।

प्रकाशित : २०७६ मंसिर १७ गते १८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI