अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १८:१५
अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तराष्ट्रिय दिवसको अवसर पारेर पूर्वी अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ ।
कावासोती नगरपालिका अपाङ्गता समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा ६ जनालाई व्हील चियर, १० जनालाई सेतो छडी र ५ जनालाई बैशाखी वितरण गरिएको हो ।


समन्वय समितिका संयोजक एवम् कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाको अध्यक्षतामा भएको कार्यक्रममा २९ जना वहिरा विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्री वितरण गरेको थियो ।
कार्यक्रम सागर लुइटेलको सञ्चालनमा भएको थियो । कार्यक्रम अपाङ्गता पुन स्थापना केन्द्र कावासोती, नवलपरासी, नवलपरासी बहिरा संघ, नवलपरासी नेत्र हिन संघ र अपाङ्गता पुनस्थापना समन्वय परिषद नवलपरासीको समन्वयमा भएको थियो ।

प्रकाशित : २०७६ मंसिर १७ गते १८:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI