No ads found for this position

२८ र्औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस : देवचुली ४ का अपाङ्गहरुलाई न्यानो कपडा वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १६:२६
No ads found for this position
२८ र्औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस : देवचुली ४ का अपाङ्गहरुलाई न्यानो कपडा वितरण
No ads found for this position

विवेक भण्डारी , मंसिर १७
२८ र्औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसमा नवलपुरका विभिन्न स्थानमा अपाङ्गता दिवस मनाइएको छ । दिवसकै अवसरमा नवलपुरको देवचुली नगरपालिका ४ झाक्रेमा अपाङ सम्मान एवं संरक्षण कार्यक्रम गरिएको छ ।

उक्त वडाका २० जना अपाङ्गहरुलाई न्यानो कपडा वितरण गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ४ को आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त वडाका वडा अध्यक्ष गिरबहादुर थापा रामको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अपाङ्ग भएकाहरुलाई वडाले आवस्यक सम्मान साथै अवसरहरु पनि प्रदान गर्ने जानकारी गराए । आयोजित कार्यक्रममा समाज सेवी विद्यबहादुर विकको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै विकले वडाले वडामा रहेका अपाङ्गलाई गरेको सम्मान सराहनीय रहेको बताउदै अबका दिनमा यस्ता कार्यक्रमहरु थप ल्याउन आवस्यक रहेको बताए । उक्त वडाका २ जना अति विपन्न र अशक्तलाई २ थान ब्ल्याङकेट, अरु १८ जना मध्ये पुरुषलाई ट्राक सुट र महिलालाई स्वीटर प्रदान गरिएको थियो । 

प्रकाशित : २०७६ मंसिर १७ गते १६:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI