साग फुटबल : नेपालको विजयी शुरूवात

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १६:१५
साग फुटबल : नेपालको विजयी शुरूवात

नेपालमा भइरहेको १३औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गतको फुटबल प्रतिस्पर्धामा मंगलवारको खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ।

मङ्गलवार काठमाण्डूको दशरथ रङ्गशालामा भएको खेलमा कप्तान सुजल श्रेष्ठले दुई गोल गरेका थिए।

अभिषेक रिजाल र मिक्चेन तामाङले एक-एक गोल गरेपछि नेपालले सहज विजय हासिल गरेको हो।

पाँच देश सम्मिलित फुटबलमा यसअघि भुटानले सोमवार बाङ्ग्लादेशलाई १-० ले पराजित गरेको थियो।
कप्तानको दुई गोल

कप्तान श्रेष्ठले खेलको छैटौँ मिनेटमा गोल गरी नेपाललाई अग्रता दिलाएका थिए।

उनले भुटानी रक्षकले क्लिअर गर्न नसकेको मौकाको सदुपयोग गर्दै नजिकैबाट गोल गरेका थिए।

मध्यान्तरसम्म थप अन्य गोल हुन सकेनन् तर खेल पुन: सुरु भएको छैटौँ मिनेटमा श्रेष्ठले अर्को गोल थपे।

श्रेष्ठले दोस्रो गोल भुटानका अगाडि बढेका गोलरक्षकलाई झुक्याएर गर्न सफल भएका थिए।

रिजालले ६६औँ मिनेटमा र तामाङले ७१औँ मिनेटमा गोल गरे।

रिजालले नजिकैबाट हेड गोल गरे भने तामाङले कर्नर प्रहार गरेको बल गोल भएको थियो।

अबको खेल

नेपालले अब बुधवार बाङ्गलादेशविरुद्ध खेल्ने छ।

पाँच टोलीको राउन्ड रोविन पद्धितको प्रतियोगितापछि शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि फाइनल खेल्नेछन्।

भारत र पाकिस्तानले यो पटक फुटबल प्रतियोगितामा सहभागिता जनाएको छैन।

प्रकाशित : २०७६ मंसिर १७ गते १६:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI