भुटान विरुद्ध नेपालीको ३-०को अग्रता

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते १५:१३
भुटान विरुद्ध नेपालीको ३-०को अग्रता

तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबार भएको खेलमा नेपालले भुटानलाई ३ गोलको अग्रता लिएको छ ।

दोस्रो हाफमा ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल थपेपछि नेपालले अग्रता फराकिलो पारेको हो।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफको ५२ मिनेटमा अर्को गोल थपेको हो।

पहिलो हाफको पाँच मिनेटमा नेपाली टोलीका सुजल श्रेष्ठले गोल गरी अग्रता दिलाएका थिए। दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठले नै अर्को गोल थपेका थिए।

यससँगै नेपालले सागको पहिलो खेलमा नेपालले जितको खाता खोल्न लागेको हो। 

प्रकाशित : २०७६ मंसिर १७ गते १५:१३
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI