No ads found for this position

बागलुङमा जिप दुर्घटना १४ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १७ गते ११:३२
No ads found for this position
बागलुङमा जिप दुर्घटना १४ को मृत्यु
No ads found for this position

बागलुङ,१७ मंसिर – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए । घाइते तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको र उद्धार कार्य जारी रहेको स्थानीयले जानकारी दिएका छन्।

प्रकाशित : २०७६ मंसिर १७ गते ११:३२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI