No ads found for this position

भुमहिमा २ दिने च्याउ प्रविधी तालिम सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते २२:५९
No ads found for this position
भुमहिमा २ दिने च्याउ प्रविधी तालिम सुरु
No ads found for this position


पुजा लम्साल सुनवल,१६ मंसिर ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १२ भुमहिमा २ दिने च्याउ प्रबिधि तालिम संचालन गरिएको छ । आज वडा कार्यालय भवनमा एक कार्यक्रमका बिच सुनवल नगरपालिकाका नगरउपप्रमुख दधिराम अर्यालले तालिमको उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख अर्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर व्यवसायि बन्नुपर्नेमा जोड दिनुभएको छ । उहाले बिगतमा जस्तै तालिममा सहभागि हुने र तालिम सकिए पछि सवै कुरा बिर्सने परिपाटिले यस्ता तालिमहरु संचालन गर्नुको कुनै आौचित्य नरहेको पनि बताउनुभयो । सुनवल नगरपालिकाको कृषि शाखाको आयोजनामा संचालित उक्त २ दिने च्याउ प्रबिधि तालिममा वडा नं ११,१२ र १३ का १५÷१५ जनाको सहभागिता रहेको छ । वडा नं १२ का वडाअध्यक्ष यमलाल पाण्डेको अध्यक्षता तथा नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । वडा नं ११ का वडाध्यक्ष देबिलाल डुमे्रले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य अर्जुन सुनारले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित : २०७६ मंसिर १६ गते २२:५९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI