No ads found for this position

खुल्ला डान्स आईकनको उपाधी सुनवल युनाइटेडलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते २२:५१
No ads found for this position
खुल्ला डान्स आईकनको उपाधी सुनवल युनाइटेडलाई
No ads found for this position

पुजा लम्साल
सुनवल,१६ मंसिर ।
पश्चिम नवलपरासीको सुनवलमा यहि मंसीर ५ गतेदेखी १५ गते सम्म संचालन भएको ‘प्रादेशिक औधोगिक व्यापार मेला २०७६’ मा आयोजित खुल्ला डान्स आइकनको उपाधि सुनवल ४ मा अवस्थित सुनवल यूनाइटेड इङ्गलिस सेकेण्डरी स्कूलले हात पारेको छ । उद्योग वाणिज्य संघ सुनवलले आयोजना गरेको व्यापार मेलामा संचालन गरिएको डान्स आइकनको विभिन्न ५ वटा चरणहरुमा विजेता बन्दै सुनवल यूनाइटेड इङ्गलिस सेकेण्डरी स्कूलले प्रथम स्थान हासिल गर्न सफल भएको हो । विजेता विद्यार्थीहरुलाई आयोजकको तर्फबाट नगद रु ४० हजार , शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।
सोहि अवसरमा आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि डान्स आइकनका विजेता विद्यार्थीहरु र कोरियोग्राफरलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल धनराज चापागाईले विजेता विद्यार्थीहरु सिमि आले, पूजा गुरुङ्ग, स्मृति सारु र सन्ध्या आले तथा कोरियोग्राफर तिला पुनलाई मायाको चिनो प्रदान गरि सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल चापागाईले विद्यार्थीहरुको क्षमता र रुचि अनुुसारका प्रतिभालाई उजागर गर्न विद्यालयले अतिरिक्त क्रियाकलापलाई शिक्षाको एउटा महत्वपूर्ण पाटो मानि अगाढी बढिरहेको हुँदा विद्यार्थीहरु सफल भएको बताउनुभयो । यसैगरी १४ टिमको सहभागिता रहेको डान्स आइकनमा सुनवलका सन्देश कवर द्धितिय भएका छन् भने ज्ञानज्योति स्कुल भुमहि तृतिय भएको छ ।

प्रकाशित : २०७६ मंसिर १६ गते २२:५१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI