भोजपुरमा घट्यो अचम्मको घटना, सर्वसाधारण, प्रहरी देखि नेताहरु सबै अचम्मित !

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते १०:०१
भोजपुरमा घट्यो अचम्मको घटना, सर्वसाधारण, प्रहरी देखि नेताहरु सबै अचम्मित !

भोजपुरको पूर्वी क्षेत्रमा पर्ने अरुण गाउँपालिका–६ मा अ’ज्ञात समूहले स्थानीयवासीका बाख्रा का ट्दै गाईगोठमा आ गजनी गरेपछि स्थानीयवासी आ’त’ङ्कित बनेका छन् । केही समयअगाडि स्थानीयवासीको गोठमा बाँधिएका सातवटा बा’ख्रा का’टि’एसँगै गाईवस्तु बाँ’धिएको गोठमा समेत र’हस्यमय ढङ्गले आ’गला’गी भएपछि स्थानीयवासीमा त्रास बढेको हो ।

अरुण गाउँपालिका–६ सिमटारका स्थानीयवासी धनकृष्ण राईको गोठमा मध्यरातमा आ’गो लगाएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासीले जानजान आ’गो लगाएको तथा त्यही समूहले यो हर्कत गरेको भन्दै छानबिनको माग गरेका छन् । स्थानीय अम्बर विश्वकर्माले भन्नुभयो, “घटनाक्रम हेर्दा नियोजित रुपमा यो घटना घटाइएको छ, यसलाई प्रशासनले ग’म्भीर रुपमा छानबिन गर्नुप¥यो ।”

गाउँका स्थानीयवासीमा त्रास बढेसँगै केही दिनअघि सङ्घीय सांसद सुदन किराँती, प्रदेशसभा सांसद राजेन्द्र राई, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय भोजपुरले सो स्थानको अनुगमन गरेका छन् । मध्यरातमा भएको आग’ला’गी’बाट दुईवटा गो;रु सकिएका थिए भने अन्य दुई गोरु घाइते भएका छन् । आगलागीबाट रु पाँच लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रहरीले बा’ख्रा का’टे;को अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ भने आ’गला’गीको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । स्थलगत अनुगमनका लागि पुग्नुभएका प्रजिअ नूरहरि खतिवडाले दुई घटनाको विषयमा अनुसन्धान भइरहेको बताउँदै स्थानीयवासीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभयो । प्रजिअ खतिवडाले भन्नुभयो, “यो घटनाको विषयमा हामी गम्भीर छौ, यो घटना नियोजित होस् या भ’वि’त’व्य त्यसको हामी अनुसन्धान गर्छौं, जसका लागि तपाईंहरुले पनि सहयोग गर्नुप¥यो ।”

अनुगमनका लागि घटनास्थल पुगेका सङ्घीय सांसद सुदन किराँतीले अमानवीय कार्य भएको प्रतिक्रिया दिनुभयो । साथै उहाँले घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो । सांसद किराँतीले भन्नुभयो, “यो घटना अत्यन्तै नराम्रो छ, यसले स्थानीयवासीमा त्रा’स बढेको छ, स्थानीयवासीको कुरा सुन्दा र घटनाक्रमलाई हेर्दा घटना नियोजित जस्तो देखिएको छ, छानबिनका लागि मैलै निर्देशन दिएको छु ।”

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले घटनाका पीडितलाई गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार सहयोग गर्ने बताउनुभयो । साथै उहाँले छानबिन गर्न आग्रहसमेत गर्नुभयो । अध्यक्ष कार्कीले भन्नुभयो, “हामीले पीडितलाई सहयोग गर्न भनेका छाँै, उहाँहरुको निवेदन आएपछि हाम्रो नीति तथा कार्यक्रमअनुसार सहयोग गर्छौं ।”

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले दुवै घटनाको गहिरो अनुसन्धान भइरहेको बताउँदै सो क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाएको जानकारी दिनुभयो । आवश्यक प्रमाण जुटाउन घटनाको विषयमा गोप्यरुपमा जानकारी दिन स्थानीयवासीलाई आग्रहसमेत गर्नुभयो ।

प्रकाशित : २०७६ मंसिर १६ गते १०:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI