बारागढीमा नेकपाका उम्मेद्वारलाई पराजित गर्दै समाजवादीको जीत

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १५ गते ९:३९
बारागढीमा नेकपाका उम्मेद्वारलाई पराजित गर्दै समाजवादीको जीत

मंसिर १४ – हिजो देशका विभिन्न स्थानमा भएको मतदानको गणना जारी रहेको छ । यसबीचमा बारागढी गाउँपालिका–१ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ। समाजवादीका सुरेश चौधरीले ७४९ मत ल्याएर विजय भएका हुन् ।

उनको उनको निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शंकरप्रसाद चौधरीले ६७२ मत ल्याए । यसैगरी नेपाली कांग्रेसकी तस्विरीया थरूनीले ४७१‚ राष्ट्रिय जनता पार्टी (राजपा) का बैधनाथ चौधरीले २४ मत ल्याए ।

प्रकाशित : २०७६ मंसिर १५ गते ९:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI