धरानमा ५९% मत खस्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १४ गते १९:०६
धरानमा ५९% मत खस्यो

धरान : उपमहानगर प्रमुख र वडाध्यक्ष पदको लागि भएको निर्वाचनमा साविक निर्वाचनभन्दा कम ५९.४० प्रतिशत मत खसेको छ। उपनिर्वाचन प्रमुख पद र वडा नम्बर ७ को वडाध्यक्ष पदका लागि ५९.४० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यलयले दिएको हो।

शान्तिपूर्वक सम्पन्न भएको निर्वाचनमा धरानको बजारी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका बासिन्दाको उपस्थिति राम्रो थियो। ग्रामीण क्षेत्रमा पनि सुकुम्बासी क्षेत्रका मतदान केन्द्रमा मतदाताको उपस्थिति उल्लासमय थियो।

धरानमा यो पटकको उपनिर्वाचन ९२ हजार ८ सय ५३ मतादाता थिए भने वडा नम्बर ७ मा २ हजार २५ मतादाता छन्।

प्रकाशित : २०७६ मंसिर १४ गते १९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI