सात महिना देखि नेपालको पहिलो स्याटेलाईट गुमनाम

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १४ गते ९:५१
सात महिना देखि नेपालको पहिलो स्याटेलाईट गुमनाम

मंसिर १४ – पहिलो नेपाली भु–उपग्रह (स्याटेलाइट) नेपाली स्याट–१ प्रक्षेपण गरिएको ७ महिना पूरा भएको छ । तर, स्याटेलाइटको अवस्था तथा यसले खिचेका तस्बिरबारे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मौन छ ।नेपाली स्याट–१ क्युसु विश्वविद्यालयअन्तर्गतको प्राविधिक संस्थान क्युटेक (क्युसु टेक्नोलोजी) ले नेपाल सरकारको लगानीमा निमार्ण गरेको हो ।

सोही संस्थामा अध्यनरत् नेपालका दुई विद्यार्थीद्वय हरिराम श्रेष्ठ र आभाष मास्केको नेतृत्वमा नेपाली स्याटेलाइट निर्माण भएको थियो ।प्रक्षेपण गरिएको लामो समयसम्म यसको अवस्था अज्ञात रहदा निकै उत्साहसाथ लिएको नेपालको पहिलो स्याटेलाइटबारे सरोकार रहनु अस्वभाविक नहोला । नयाँ पत्रिका दैनिकमा प्रकाशचन्द्र जोशीले समाचार लेखेका छन् ।

प्रकाशित : २०७६ मंसिर १४ गते ९:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI