बौदिकाली-५ मा मतदान सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १४ गते ८:५०
बौदिकाली-५ मा मतदान सुरु

नारायण शर्मा

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्षका लागि मतदान सुरु भएको छ । बोबोकस्थित उदय आधारभूत विद्यालयमा रहेको बुथमा शनिबार बिहान ७ बजेबाट मतदान सुरु भएको हो । स्थानीय ५४ वर्षीय धनमाया सुनारीले पहिलो मतदान गरेकी हुन् । उनले विकास होला भन्ने आसले मतदान गरेको प्रतिक्रिया दिइन् । मतदान छरितो बनाउन महिला, अशक्त र पुरुषहरुका लागि ३ वटा लाइन बनाइएको छ । मतदानस्थल वरपर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदाताहरु शान्तिपूर्ण तरिकाले मत खसाल्न लामबद्ध छन् । मतदान उत्साहपूर्ण रहेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।निर्वाचनमा ३ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् ।नेपाली कांग्रेसले वडा अध्यक्षमा तुलबहादुर राना (अनिल)लाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेकपाले त्यसै वडाका पूर्व वडाध्यक्ष दलबहादुर खरु मगरका छोरा खिमबहादुर खरु मगरलाई उम्मेदवार बनाएको छ । संघीय समाजवादीको तर्फबाट प्रितमबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् । समाजवादीले त्यहाँ पहिलोपटक उम्मेदवारी दिएको हो ।

प्रकाशित : २०७६ मंसिर १४ गते ८:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI