No ads found for this position

जगन्नाथ माविका विधार्थी आन्दोलित, शिक्षक सरुवा फिर्ताको माग

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १२ गते १४:५२
No ads found for this position
जगन्नाथ माविका विधार्थी आन्दोलित, शिक्षक सरुवा फिर्ताको माग
No ads found for this position

जीवन न्यौपाने, नवलपरासी ।जगन्नाथ माध्यमिक विधालयका शिक्षकहरुलाई सरुवा गरी अन्य विधालयमा पठाउन लागिएको भनि असन्तुष्टि व्यक्त गर्दै सोही विधालयका विधार्थीहरु आन्दोलित भएका छन् ।विधालयमा अध्ययनरत कक्षा १ देखी १२ सम्मका बिधार्थीहरुले एकैपटकमा ३ शिक्षकको नियम विपरित विधालय व्यवस्थापन समितिका अध्यक्षको पहलमा एकलौटी रुपमा सरुवा गराउन लागेको विधार्थीहरुले आरोप लगाएका छन् ।

आन्दोलित विधार्थीहरुले बिहिवार शिक्षकहरुको सरुवा फिर्ताको माग राखी सुनवल १२ भुमही चोकमा विरोध र्याली गरेका छन् जसको कारण झण्डै २ घण्टा विधालयको सम्पुर्ण पठनपाठनमा अवरोध पुगेको थियो । आन्दोलनको नेतृत्व गरिरहेका सोही विधालयमा कक्षा १० मा अध्ययनरत विधार्थी तथा विधालय बाल कल्व संस्थाका अध्यक्ष अमरनाथ काहारले आफुहरुको माग पुरा नभएसम्म विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने वताए । जब सम्म आफुहरुको माग पुरा हुँदैन तब सम्म आफुहरु पछाडी हट्दैनौ । उनले भने “शुक्रवार विधालयबाट नगरपालिकासम्म विरोध जुलुस सहितका कार्यक्रमहरु लिएर जान्छौ” । उनले आफुहरुको माग पुरा नभए शुक्रबारबाट विधालयको सम्पूर्ण पठनपाठनलाई ठप्प पार्ने चेतावनी समेत दिए ।

जगन्नाथ माविका प्रध्यानाध्यापक ऋषिराम भण्डारी, चन्द्रकान्त पाण्डे र तिर्थराज उपाध्यायलाई केहि दिन अघी मात्रै नगरपालीकाको शिक्षा विभागले सरुवा गरिएको भनि सुचना पठाएको थियो । विधालयका प्रध्यानाध्यापक ऋषिराम भण्डारीलाई सुनवल १३ बडेरामा रहेको धान्याञ्चल मावि, शिक्षक चन्द्रकान्त पाण्डेलाई सुनवल ११ केरावानीमा रहेको बाबाबर्दगोरिया प्रावी र अर्का शिक्षक तिर्थराज उपाध्यायलाई सुनवल १२ फरौली स्थित जयदुर्गे प्राविमा सरुवा गर्न लागिएको हो ।विधालयका प्रध्यानाध्यापक भण्डारीले विधालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर क्षेत्रीले आफु अध्यक्ष भए यता नै पटक पटक आफुलाई सरुवा गराएरै छाड्छु भनी धम्काउने गरेको र आफुहरुको सरुवा शिक्षा निती र नियम विपरीत राजनैतिक पुर्वाग्रहका कारण भएको आरोप लगाएका छन् ।

यता विधालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर छेत्रीले शिक्षकहरुको सरुवा स्थानिय सरकारको शिक्षा मापदण्ड अनुसार नगरपालिकाको शिक्षा विभागले गरेको वताए । उनले भने “ सरुवा प्रक्रिया स्थानिय सरकारको नियम सम्वत छ । राज्यले स्थानिय तहलाई आफ्ना क्षेत्र भित्रका विधालयका निती नियम बनाउने र तीनको कार्यान्वयन गर्ने जिम्मेवारी सुन्पिएका कारण त्यहि अनुरुप आफ्नो विधालयका शिक्षकहरुको सरुवा भएको हो ” । उनले थपे “ विधालय व्यवस्थापन समितिको अध्यक्षको काम शिक्षकको सरुवा गराउने होइन विधालयबाट सरुवा हुनेको रमाना दिने र सरुवा भैई आउनेलाई हाजिरी गराउने हो ” । क्षेत्रीले नगरपालिकाले सरुवा हुने शिक्षकहरुलाई शिक्षा विभागमा आई सरु्रवा पत्र लान भनि अनुरोध गर्दापनी पत्र लिन अस्विकार गरेका कारण बुधवार नगरपालिकाका कर्मचारी नै विधालयमा गएर पत्र दिएको र पत्र दिन गएका कर्मचारी माथी शिक्षक तिर्थराज उपाध्यायले धक्का दिदै तँ को होस् पत्र लिएर आउने भन्दै दुव्र्यवहार गरेको समेत वताउदै आजको विधार्थी आन्दोलन कार्यक्रम पनि शिक्षकहरुलेनै विधार्थीहरुलाई हौसाएको कारण भएको आरोप लगाए ।

प्रकाशित : २०७६ मंसिर १२ गते १४:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI