No ads found for this position

एक्सपर्ट एजुकेसन सामाजिक उत्तरदायित्व बहन गर्दै

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ११ गते १४:५८
No ads found for this position
एक्सपर्ट एजुकेसन सामाजिक उत्तरदायित्व बहन गर्दै
No ads found for this position

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को सामाजिक अभियान अन्तर्गत चितवन जिल्लाकै अति दुर्गम क्षेत्र सिराइचुलि, काउले स्थित जनप्रिय मा बि मा निशुल्क दन्त शिविर, खेलकुदका सामाग्रीहरु तथा न्यानो कम्बल वितरण गरिएको छ। ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को फाइनलमा पुग्न सफल बिद्यार्थीहरुलाइ सामाजिक सेवामा सरिक हुनको निम्ति प्रेरणा मिलोस भन्ने उदेस्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था बिमोचन इभेन्ट्स एण्ड इन्टरटेन्मेण्टका प्रमुख बिमोचन आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा सो बिद्यालयमा अध्ययनरत करिब ३०० बिद्यार्थीहरुको निशुल्क दन्त परिक्षण गरिनुका साथै उनिहरुको निम्ति विभिन्न खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको थियो। यसका साथै सो ठाउँमा रहेका अति बिपन्न परिवारका लागि करिब १०० थान न्यानो कम्बल पनि गरिएको थियो ।

कार्यक्रममा ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को फाइनलमा पुग्न सफल उत्कृस्ठ दश बिद्यार्थीहरुका साथै, दन्त डाक्टरहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै जनप्रिय मा बि का प्रधान अध्यापक नेत्र बहादुर अधिकारिले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको सामाजिक कार्यको मुक्तकण्ठले प्रसंशा गर्दै हार्दिक धन्यबाद ब्यक्त गर्नुभयो। साथै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नारायणगढका प्रमुख डिल्लीराम अधिकारिले बिगतमा पनि विभिन्न समय तथा स्थानमा सामाजिक कार्यक्रम गर्दै आइरहेको र भबिस्यमा पनि यस्ता खालका कार्यक्रमलाइ निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

बिमोचन इभेन्ट्स एण्ड इन्टरटेन्मेण्टको आयोजनामा तिन महिना अगाडीदेखि सन्चालन भइराखेको एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२ प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज रहेको छ। यस प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले सह प्रायोजन गरेको छ । स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए। प्रतियोगिताको फाइनल चरण यहि मङ्सिर २० गते क्यान्सर हस्पिटलको हलमा हुने तथा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी प्रथम, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल द्धितीय र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तृतीय भएका थिए ।

प्रकाशित : २०७६ मंसिर ११ गते १४:५८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI