नवलपरासीको भुमही बाट लागू औषध सहित दुई पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ११ गते १२:४४
नवलपरासीको भुमही बाट लागू औषध सहित दुई पक्राउ

सुनवल । पश्चिम नवलपरासीकाे भूमहीबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेकाे छ ।

सुनवल १२ भुमहीमा ग १ च ७८२५ नम्बरकाे टाटा सफारी जिपमा चेक जाँचकाे क्रममा लागू औषध सहित २ जनालाई नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय सुनवलले जनाएकाे छ ।

पक्राउ पर्नेमा तनहूँ जिल्लाकाे भानु नगरपालिका १ का १९ बर्षीय गाेपाल परियार र बन्दीपुर गाउँपालिका ४ का २० बर्षीय संगम थापा रहेका छन् ।

उनीहरूकाे साथबाट प्रहरीले डाईजापाम, नाेफिन र प्राेमिठाजाईम १२४/१२४ एम्पुल बरामद गरेकाे छ ।

प्रकाशित : २०७६ मंसिर ११ गते १२:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI