वैवाहिक जीवनमा आउनसक्ने समस्याका १८ प्रमुख कारण र परिवार परामर्श

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १० गते १५:२४
वैवाहिक जीवनमा आउनसक्ने समस्याका १८ प्रमुख कारण र परिवार परामर्श

डा तिमोथी अर्याल

नेपाली र अंग्रेजी शब्दकोष अनुसार परिवारको परिभाषामा एउटै पिता–पुर्खाका सन्तानहरूको समूह, सामूहिक गुण वा स्वभावले गर्दा सम्बन्धित व्यक्तिहरूको समूह, एउटा नेतृत्व वा घरको छानामुनि बसोबास गर्ने व्यक्तिहरू जसमा बाबु, आमा र बाल–बच्चाहरू पर्छन्।

हाडनाता, परिवार, घराना, कुल, सन्तति, बाल–बच्चा, स्वस्थ परिवारमा त्यसका सदस्यहरू बीचमा प्रेम, सुरक्षा र एकता हुन्छ। अर्थात् स्वस्थ परिवारमा स्वस्थ अन्तर्सम्बन्ध हुन्छ। परिवार समाजको आधारभूत एकाइ हो जसमा बाल–बच्चा र सम्पूर्ण सदस्यहरूको पालण–पोषण हुन्छ र उनीहरू एकापसमा वास्ता गर्दै मिलेर बस्छन्।

पारिवारिक जीवनको महत्व
१.    परिवार विवाहबाट सुरु हुन्छ। विवाह एउटा अन्तरलैङ्गिक सम्बन्धहो। वैवाहिक सम्बन्ध रहस्यमय हुन्छ। जो समर्पणता अर्थात् वाचाबन्धन गरेर सुरु गरिन्छ र यो सम्बन्ध जीवनभरि रहिरहन्छ।

२.    समाजको जग वा आधारभूत तह परिवार हो भने स्वस्थ परिवारको जग स्वस्थ विवाह हो। विवाह स्वस्थ छैन भने परिवार र समाज अस्वस्थ रहिरहन्छ।

३.    विवाहको शारीरिक, मनोवैज्ञानिक र सामाजिक आवश्यकता छ।

४.    व्यक्तिको जीवनमा परिवारको विशेष महŒव छ। किनभने मानिस एक्लो रहन हर प्रकारले हानिकारक छ।

५.    मनोवैज्ञानिकहरूले यौन खा“चोलाई आधारभूत शारीरिक खा““चोभित्र समावेश गरेका छन्। यौन सम्बन्ध शारीरिक एवं मानसिक स्वास्थ्य तथा सामाजिक जीवनस“ग सम्बन्धित छ। यस्तो महŒवपूर्ण खा“चो विवाह अर्थात् परिवारिक जीवनभित्र मात्रै पूरा गर्नुपर्छ।

६.    व्यक्तिको मनोशारीरिक स्वास्थ्य र परिवारको बीचमा घनिष्ठ अन्तर्सम्बन्ध छ। यदि परिवारको बनोट, कार्यप्रक्रिया, वातावरण र अन्तर्सम्बन्ध अस्वस्थ छ भने त्यसका सदस्यहरूको मनोशारीरिक स्वास्थ्यमा गडबडी उत्पन्न हुन्छ। अर्को शब्दमा भन्ने हो भने स्वस्थ जीवन (मानसिक, शारीरिक, आत्मिक) को पूर्वाधार परिवार हो। 

७.    बुढेसकालमा छोरा–छोरी र सन्तानको महŒव बढी हुन्छ। किनभने यसले आनन्द ल्याउनुको साथै जीवन सार्थक छ भन्ने मनोबल प्रदान गर्छ।

८.    परिवारमा एउटा नेतृत्वशील अन्तर्सम्बन्ध हुन्छ जसले परिवारलाई गतिप्रदान गरिरहेको हुन्छ। त्यहाँ माया, ममता, सुरक्षा, अनुशासन, शिक्षा, खा“चोको परिपूर्ति आदि कुराहरू ज्यादै स्वाभाविक रूपमा पूरा गरिन्छ। यसले गर्दा व्यक्तिले मानिसहरूस“ग कसरी अन्तर–सम्बन्ध गर्ने सो सिक्न पाउ“छ। जीवनमा आइपर्ने हरेक परिस्थिति र समस्याहरूस“ग जुध्न सक्छ। आफूलाई अनुशासन र नैतिक आचरणभित्र राखेर जीवनयापन गर्न सिक्छ। जीवनको जग परिवार हो। यसकारण स्वस्थ जीवन जिउन आवश्यक पर्ने कुराहरू व्यक्तिले यही परिवारबाट सिक्छ।

९.    परिवार छैन भने हाम्रो जीवन कस्तो होला कल्पना गर्न सक्छौं। जस्तैः केको निम्ति घर फर्किने? कसको निम्ति काम गर्ने वा पढ्ने वा कमाउने? परिवार छैन भने उसलाई कसले सान्त्वना दिने? कसले प्रेम गर्छ? यस सन्दर्भमा कसैले भन्ला जोगीहरू वा त्याग गर्नेहरूको उपमा के हो त? यी सबै नकारात्मक उदाहरण मात्रै हुन्, किनभने सबै व्यक्ति त्यस्तै भएमा सृष्टि कतिवर्ष सम्म चल्ला? लगभग सय वर्ष? यसरी परिवारले व्यक्तिलाई लक्ष्यउन्मुख बनिरहन मद्दत गर्छ।

१०. परिवार त्यो आधारभूत एकाइ हो जसबाट व्यक्तिको चरित्र विकास र निर्माण हुन्छ। परिवार चरित्र निर्माण गर्ने स्थल भएकोले यो स्वस्थ र प्रभावकारी हुनुपर्छ।

११. कुनै पनि व्यक्तिको कार्यक्षमता र सेवा गर्ने हृदय छ–छैन जा“च्ने स्थल परिवार हो। यदि कसैले आफ्ना परिवारका सदस्यहरू वा छोरा–छोरीलाई नै शिक्षा दिन, अनुशासनमा राख्न र स्वस्थ जीवनयापन गर्न सिकाएको छैन वा सिकाउन जाँन्दैन भने उसले आफ्नो समाज र देशको सेवा कसरी गर्न सक्ला? जसले आफ्नै भलाइ गर्न जानेको छैन उसले अरूको भलाइ कसरी गर्ला? आफ्ना परिवारको पालन–पोषण र हेरविचार गर्नु व्यक्तिको प्रथम कर्तव्य हो। 

१२. परिवारका मुख्य व्यक्तिहरू अर्थात् बाबु–आमाको चरित्र, आचरण र गुणहरू वंशाणुगत रूपमा बाल–बच्चामा सरेका हुन्छन्। अर्को शब्दमा बाल–बच्चाले प्रायः धेरै कुराहरू अभिभावक र परिवारका सदस्यहरूबाट सिक्छ। आफ्ना सन्तानहरूलाई राम्रा वा नराम्रा कुराहरू के सिकाउने? छोरा–छोरीले खराब काम गरेर हि“ड्दा पनि त्यसलाई नरोक्ने अभिभावकहरू हुन्छन्।

१३.    प्रसन्न हृदयले औषधिको जस्तै असल कार्य गर्छ तर घाउ–चोट लागेको आत्माले हड्डीहरू सुकाउ“छ। जुन परिवारमा बेमेल, झैझगडा र निष्प्रेम छ त्यसले परिवारका सदस्यहरूको हृदयमा घाउ–चोट पारेको हुन्छ। कुनै परिवारका छोरा–छोरी खराब हुन्छन् भने कसैका बाबु–आमा नै खराब हुन्छन्। कचकचे, रिसाहा र झगडालु पत्नी वा घमन्डी, ज“ड्याहा, जुवाडे र अल्छी पति भएको परिवारको भविष्य कस्तो होला?

१४. परिवारका कार्यहरू मुख्य रूपमा निम्न छन्ः
–    सुरक्षा र रेखदेख गर्ने।
–    एउटाले अर्कोलाई ग्रहण गर्ने र संयमीभएर व्यवहार गर्ने।
–    एकापसकाकमजोरी कुराहरू ढाकछोप गर्दै प्रेममा सुधार गर्ने।
–    अनुशासन, तालिम र निर्देशनदिने।
–    मर्यादाक्रम र अधिकारमा समर्पित भई एकापसमाइमान्दार र खुल्लाव्यवहार गर्ने।

१५.परिवारमा अभिभावकवा नेतृत्व गर्ने व्यक्तिको आवश्यकता हुन्छ, जसका कारणहरू यस प्रकार छन्ः
–    परिवारका सबै सदस्यहरूलाई सेवाको कार्य गर्न सहभागी गराउने।
–    सबै सदस्यको खा“चो पूरा गर्दै सन्तुष्ट बनाउने।
–    सम्पूर्ण परिवारलाई बलियो बनाउने।
–    परिवारका सबै सदस्यको सुरक्षा गर्ने अर्थात् सबै प्रकारका सम्भाव्य हानि नोक्सानीबाट जोगिन पहिलेबाटै सजग बनाउ“दै लैजाने।
–    परिवारका प्रत्येकव्यक्तिको चरित्र विकास गर्ने।

परिवार किन चाहिन्छ?
 –    एक्लो रहनु हर प्रकारले ठीक छैन
–    विवाह र परिवारले आनन्द ल्याउ“छ 
–    आधारभूत यौन खा“चो विवाहबाट परिपूर्ति हुन्छ
–    मनोशारीरिक स्वास्थ्य र परिवारको घनिष्ठ अन्तर्सम्बन्ध छ
–    बुढेसकालमा छोराछोरी र सन्तानको बढी महŒव हुन्छ

पारिवारिक जीवनमा आइपर्ने समस्या र परामर्श
विवाह आफैंमा ज्यादै सुन्दर, आशिक्षित र उत्पादनशील छ। तर विवाहलाई समस्यामा पार्ने काम मानिसबाट हुन्छ। यसकारण विवाहको समस्या भन्नुभन्दा विवाहभित्र मानिसले ल्याएको समस्या भन्नु राम्रो हुन्छ। विवाहित पति वा पत्नीले अन्तर्सम्बन्धमा आ“च पुग्ने कार्य गर्दछन् अथवा ठीक प्रकारले आ–आफ्नो दायित्व पूरा गर्दैनन्, फलस्वरूप समस्या उत्पन्न हुन थाल्छ। यसकारण आफ्नो जोडीलाई दोष दिनुभन्दा आफ्नो अनुहार ऐनामा हेर्नु राम्रो हुन्छ। कुनै पनि व्यक्तिको विवाहलाई बलियो र स्वस्थ बनाउने प्रथम कर्तव्य पति र पत्नीको हो। जबसम्म पति र पत्नीले आ–आफ्नो दायित्व पूरा गर्दैनन् तबसम्म अरू कुनै पनि सल्लाह काम लाग्दैन। पृथ्वीमा भएका कुनै पनि दम्पती सिद्ध छैनन्। पति र पत्नी परिवर्तन हुन र सिक्न चाहन्नन् भने विवाह असफल हुनसक्छ।

अक्सर मानिसहरू आफू ठीक छु भन्ने ठान्छन्। आफूले असल कुरा पालना गर्दैनन् अर्थात् आफूले कार्यान्वयन नगरेको कुरा जोडीमा थुपार्ने गर्छन्। अरूलाई परिवर्तन गर्नुभन्दा पहिले आफूलाई परिवर्तन गर्नुपर्छ। सिकाइको पहिलो सिद्धान्त आफूलाई परिवर्तन गर्नु हो। आफ्नो विवाह र जोडीलाई अरू कसैस“ग तुलना नगर्नुहोस्। यसले समस्या ल्याउ“छ।

समस्याको निदान
वैवाहिक जीवनमाआइपर्ने कुनै पनि प्रकारका समस्याको समाधान गर्नुभन्दा पहिले समस्याको खास कारण के हो? त्यसको जरा के हो? त्यो पत्ता लगाउनुपर्छ। वैवाहिक जीवनमा आइपर्ने समस्याहरूको निदान गर्नुपर्दा निम्न कुराहरू कार्यान्वयन गर्नुहोस्ः
– मूर्खको बाटो आफ्नै नजरमा ठीकै देखिन्छ, तर समझदार व्यक्तिले अरूको सल्लाह सुन्छ।
–    मानिसको हृदयमा भएका उद्देश्यहरू गहिरो पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।
–    पानीमा अनुहार प्रतिबिम्व भएझँैं मानिसको हृदयले उसको भित्री अवस्था प्रकट गर्छ।

वैवाहिक जीवनमा आउनसक्ने समस्याका प्रमुख कारण
१.    गलत जोडीको छनोट
२.     समस्या समाधान गर्न नजान्नु
३.     गलत सल्लाहलिनु
४. हकखोज्ने, तर कर्तव्य पूरा नगर्ने बानीभएमा
५. अस्वस्थ र असुरक्षित परिवार
६. गलत कारणबाट अभिप्रेरित भएर विवाह गर्नु 
७. श्रीमान् र श्रीमतीआ–आफ्नो कर्तव्यमा चुक्नु 
८.आफ्नो जोडीको बारेमा बुझ्न र भिन्नता थाहा पाउन समय नबिताउनु
९.व्यभिचार तथा अरू कुनै पनि प्रकारका अविश्वासीपनले आपसी प्रेम र अन्तर्सम्बन्धमा आ“च ल्याउ“छ
१०. घरायसी काम कर्तव्यमा विश्वासयोग्य नहुनु
११. बाल–बच्चा हुर्काउने कार्यमा असमझदारिता
१२. पेसा नहुनु र आर्थिक रूपमा टाट पल्टिनु
१३. मद्यपान, कुटपिट र कलह        
१४. रिस तथा क्रोध
१५. झुटो कुराहरू गर्नु        
१६. यौन रोग तथा यौन असन्तुष्टता
१७. सञ्चार नहुनु वा गडबडी हुनु         
१८. योजना र उद्देश्य नमिल्नु

समस्याको समाधान (परामर्श)
दाम्पत्य जीवनमा आइपरेका समस्याको वास्तविक कारण पत्ता लागेपछि त्यसलाई समाधान गर्नुपर्छ। यसको निम्ति पति वा पत्नी दुवै जनाले मूल्य चुकाउनुपर्छ। जसको निम्ति माथिका कुराहरू राम्रोस“ग अध्ययन गरेर इमान्दारीपूर्वक व्यवहारमा कार्यान्वयन गर्नुहोस्। अतः यी खण्डहरूमा वर्णन गरिएका कुराहरूको संक्षिप्त जानकारी यस प्रकार छः
–    विवाहलाई बोट बिरुवाझैँ हुर्काउनुपर्छ।
–    विवाहपश्चात् दुई प्राणी एक हुन्छन्। शरीर दुई भए पनि एउटै प्राण सम्झनुपर्छ।
–    जीवन–साथीको महŒवअनुसार एउटाले अर्कोलाई कदर गर्नुपर्छ।
–    आफ्नो जोडीको बारेमा जानकारी लिन सधैंँ समय बिताउनुपर्छ।
–    एउटाले अर्कोको प्रशंसा वा कदर गर्नुपर्छ।
–    एउटाले अर्कोलाई सधँैं सहयोग गर्नुपर्छ।
–    आफू जान्ने–सुन्ने होइन, तर सेवकको हृृदय हुनुपर्छ।
–    हरेक व्यक्तिमा कमजोर र बलिया पक्षहरू हुन्छन् भन्ने बिर्सनु ह“ुदैन।
–    शारीरिक प्रेममा (यौन कार्यमा) दक्षता हासिल गर्नुपर्छ।
–    असल अभिभावक बन्न पूरा तयारी गर्नुपर्छ र मूल्य चुकाउनुपर्छ।
–    परिवारको पालन–पोषणमा विशेष ध्यान दिनुपर्छ।
–    जोडीबाट आफूले जे चाहनुहुन्छ आफूले पहिला त्यस्तै गर्नुपर्छ।
–    विवाहको अन्तर्सम्बन्धमा सधैंँ होसियार हुनुपर्छ।
–    आफ्नो जोडीका कमजोरीहरू खिसी गर्ने होइन, तर प्रेममा सुधार गर्नुुुुपर्छ।
–    आवश्यक परेमा विनालाज र सङ्कोेच परिवारसम्बन्धी परामर्श दिने मनोविज्ञ वा डाक्टरस“ग सल्लाह लिनुपर्छ।
–    विवाहको अन्तर्सम्बन्धभित्र अरू कुनै पनि मानिस, आफन्त, कानुन, पुरुषत्वको धाक एवं महिला अधिकारलाई प्रवेश नगराउनुहोस्, तर प्रेम र समर्पणतालाई मात्र स्थान दिनुहोस्। गलत र अपरिपक्व व्यक्तिबाट सल्लाह नलिनुहोस्।
–    आफ्नो कमजोरी कुराहरू थाहा पाएपछि त्यसलाई त्याग्दै असल कुराहरू कार्यान्वयन गर्न दुवै जनाले भरमग्दूर प्रयत्न गर्नुहोस्।

(लेखक त्रिचन्द्र क्याम्पसका स्नात्तकाेत्तर साइकाेलाेजी विभागका स‌ंयाेजक हुन‍्)

प्रकाशित : २०७६ मंसिर १० गते १५:२४
Copyright © 20 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI