घरको छत बाट खसेर ५ वर्षिय बालकको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १० गते ८:२६
घरको छत बाट खसेर ५ वर्षिय बालकको निधन

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा आफ्नै घरको छतमा खेल्ने क्रममा खसेर एक जना बालकको ज्यान गएको छ ।
गैडाकोट प्रहरीका अनुसार गैडाकोट नगरपालिका ५ वैकुण्ठ मार्ग निवासी रेशम थापाको छोरा ५ बर्षीय बालक श्रीमन्स थापाको आफ्नै घरको ३ तले छतबाट खसेर निधन भएको हो ।
सोमबार साँझ बालक थापा छतबाट खसेर गम्भीर घाइते भएको र उनको उपचारको क्रममा गएराति नयाँ मेडिकल कलेज भरतपुर चितवनमा निधन भएको हो ।

प्रकाशित : २०७६ मंसिर १० गते ८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI