No ads found for this position

मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा निषेध

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ९ गते १७:५२
No ads found for this position
मादक  पदार्थ बिक्रीवितरण तथा सेवनमा निषेध
No ads found for this position

कावासोती, ९ मङ्सिर
बौदिकाली गाउपालिका वडा नं ५ मा यहि मङ्सिर १४ गते हुन गईरहेको उपनिर्वाचन शान्तिपुर्वक, मर्यादित र भयरहित तबरले सम्पन्न गर्न भन्दै उक्त निर्वाचन क्षेत्र ठाउँ वरपर र मतगणना स्थल वरपर जिल्ला प्रसासन कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पुर्व)ले आज एक सुचना जारी गर्दै २०७६ मङ्सिर १२ गते देखि निर्वाचन अवधि भर मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्न निषेध गरेको जनाएको छ ।


बौदिकाली गाउपालिका वडा नं ५ का तात्कालिक वडा अध्यक्ष खिमबहादुर थापा खरु मगरको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि बुंदीकालीमा मुख्य निर्वाचन कार्यालयको स्थापना भईसकेको छ भने बुधबारबाट वडामा निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम शुरु गरेको छ ।
वडाअध्यक्ष खरु मगर नेकपा एमालेबाट निर्वाचित भएका थिए । वडाध्यक्षको रिक्त स्थानमा नेकपाले खरु मगरकै जेठा छोरा खिमबहादुर थापा खरु मगरलाई अगाडि सारेको छ ।
त्यस्तै नेपाली काँग्रेसले तुलबहादुर राना मगर (अनिल) लाई उम्मेदवार बनाएका छन् । तुलबहादुर र खिमबहादुर मामाभान्जा हुन् ।
त्यसैगरी बुंदीकाली ५ मा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीबाट पितमबहादुर राना मगरले उम्मेदवारी दिएका छन् ।

प्रकाशित : २०७६ मंसिर ९ गते १७:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI