No ads found for this position

नवलपुरको पहाडी क्षेत्रमा यसबर्ष सुन्तला उत्पादनमा उल्लेख्य वृद्धि हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ९ गते १४:२५
No ads found for this position
नवलपुरको पहाडी क्षेत्रमा यसबर्ष सुन्तला उत्पादनमा उल्लेख्य वृद्धि हुने
No ads found for this position

मिना कंडेल

कावासोती, ७ मंसिर । पूर्बी नवलपरासीको पहाडी क्षेत्रमा यस बर्ष सुन्तलाको उत्पादनमा उल्लेख्य वृद्धि हुने भएको छ। सुन्तला सुदृढीकरण अभियान सञ्चालन, अनुकुल मौसम तथा वातावरण, सुन्तलाको बगैंचा र क्षेत्रफल विस्तार तथा किसानको आकर्षणका कारणले यसवर्ष १० प्रतिशतले सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको हो।

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम संचालनमा आए पछि पुर्बी नवलपरासीको बुलिगंटार र बांैदीकाली ,बिनयीत्रिबेणी,र हुप्सेकोट गाउँपालिकाको पहाडी क्षेत्रमा सुन्तला उत्पादन राम्रो भएको कृषक जयबहादुर बिरकटटा मगरले बताउनुभयो। यो बर्ष समयमा पानी परेका कारण र हावा हुरी समेत कम आएका कारण जिल्लामा सुन्तला खेती राम्रो रहेको मगरको भनाई रहेको छ।

सुन्तला खेतीलाई थप प्रबद्र्धन गर्न दुई बर्ष देखि कार्यक्रम सुरु भएको र यो कार्यक्रम सफल बन्दै गएको बरिष्ठ कृषि बिकास अधिकृत बिण्णु प्रसाद शर्माले बताउनुभयो । यो कार्यक्रम बुलिगंटार गाउँपालिकाका ६ वडा, बौदीकाली गाउँपालिकाका तीन वडा ,देबचुली नगरपालिकाको वडा नं ६ , हुप्सेकोट गाउपालिकाको वडा नं ५ लाई समेटेर शुरु गरिएको र यहाँको ५०० हेक्टर क्षेत्रफलमा यो कार्यक्रम शुरु भैरहेको र एक हजार हेक्टर क्षेत्रफलमा बिस्तार गरिने शर्माले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत सुन्तलाको खेती गर्ने किसानहरुलाई बिउ बिजन अनुदान , मेसीनरी औजार अनुदान लगायतका सबै सेवा उपलब्ध गराईने गरेको शर्माले बताउनुभयो ।

पूर्बी नवलपरासीका पहाडी क्षेत्रमा सुन्तला खेती बाट हरेक बर्ष चार देखि पाँच करोड सम्मको सुन्तला बिक्री हुने गरे को छ भने यो क्षेत्रमा बर्षेनी प्रतिबोट सरदर एक हजार रुपैयांका दरले सुन्ताला उत्पादन भै विक्री हुदै आएको छ । अहिले सुन्तला जोन कार्यक्रम प्रभाबकारी भएका कारण पनि उत्पादन बढने प्रधानमन्त्री आधुनिक कृषि परियोजनका प्रमुख शर्माले बताउनुभयो । सो को यकिन तथ्यांक भने आउन केही समय लाग्ने शर्माले बताउनुभयो ।

पूर्बी नवलपरासीको पुर्व पहाडी भेग अन्तर्गत दुई गाउँपालिकाका नौ वडा र अन्य पाँच वडा गरि १४ वडामा तीन हजार दुई सय कृषक सुन्तला खेतीमा आबद्ध रहेका छन् । जसमध्ये सुन्तला खेतीका लागी वौदीकाली र बुलिङ्गटार गाउँपालिकाका क्षेत्रलाई पकेट क्षेत्रको रुपमा मानिन्छ । यस वाहेक धुर्कोट,रतनपुर र र बिनयी त्रिबेणीका केही वडामा पनि सुन्तला खेती राम्रो हुने गर्दछ ।

सुन्तला जोन शुरु भए पछि पुर्बी नवलपरासीको पहाडका हरेक गाउंमा कृषि सडक पुगेपछि कृषकहरुलाई आफूले उत्पादन गरेको सुन्तला बजारसम्म ल्याउन नपर्ने र व्यापारीहरु गाउं गाउंमा आएर सुन्तला किन्ने गरेको कृषकले बताए । कृषकले दुई तीन ठाउँमा सुन्तला भण्डार गर्ने ब्यबस्था मिले आगामी दिनमा कृषकको सुन्तला खेती तर्फ झनै आर्कषण बढने बाँैंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर राना मगरले बताउनुभयो ।

यहा प्रतिकेजी ८० देखी ९० रुपैया सम्म किसानले बोटै बाट सुन्तला बिक्री गर्ने गरेका छन् भने रु एक सय देखी १२० रुपैया सम्म बजारबाट उपभोक्ताहरुले पाउने गरेका छन् । पूर्बी नवलपरासीको पहाडी क्षेत्रमा उत्पादीत सुन्तला पुर्बी नवलपरासी सहित बुटवल , पोखरा लगायतका स्थानमा राम्रो बजार पाएको पाईन्छ ।

पुर्बी नवलपरासीको पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन हजार दुई सय घर परिवार सुन्तला खेतीमा आश्रीत छन् । पुर्बी नवलपरासीमा गत बर्ष ६२५ हेक्टर क्षेत्रफलमा एक हजार १५४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो भने यो बर्ष केही उत्पादन बढने अनुमान गरेको सुन्तला कृषक उत्पादक समितिले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर ९ गते १४:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI