No ads found for this position

नेपाल जेसिजमा चुनावी सरगर्मी बढयो : क्षेत्र ग मा खनालको शाखा भ्रमण सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ९ गते ११:२४
No ads found for this position
नेपाल जेसिजमा चुनावी सरगर्मी बढयो : क्षेत्र ग मा खनालको शाखा भ्रमण सुरु
No ads found for this position


काभ्रे ( पनौती ) , ९ मंसिर २०७६
नेपाल जेसिजको राष्ट्रीय महाधिवेशन नजिकिदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरु यतिवेला जेसीजका बिभिन्न शाखाहरुको भ्रमणमा व्यस्त रहेका छन् । चितवनको रत्ननगरमा आगामी पौष ९ देखि १२ गते सम्म हुने राष्ट्रीय महाभिवेशनका लागि उम्मेदवारी दर्ता गरि उम्मेदवारहरु देश दौडाहामा निस्किएका हुन् ।
राष्ट्रीय अध्यक्ष पदका उम्मेदवार देखि राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष र राष्ट्रीय उपाध्यक्षका उम्मेदवारहरु समेत देश दौडाहामा छन् । अविेशन बाट एक अध्यक्ष , ४ कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् । यसैबिच बर्ष २०२० का लागि रास्ट्रीय अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले क्षेत्र ग मा आफ्नो शाखा भ्रमण सोमबार बाट शुरु गरेका छन् । सोमबार खनालले काभ्रेको पनौतीमा रहेको पनौती जेसीबाट उनले आफ्नो शाखा भ्रमण शुरु गरेका हुन् । पनौती जेसीजको सचवालयमा आयोजित उम्मेदवारी प्रर्वद्धन कार्यक्रममा बोल्दै खनालले राज्यको नीति निर्माण तहमा जेसीजको नेतृत्व पुग्न आबश्यक रहेको बताउनुभयो । उहाँले जेसीजहरु विधिको शासन र लोकतान्त्रीक पद्धतीको कार्यान्वयनका लागि निरन्तर लाग्ने युबा भएकाले राज्यको नेतृत्वमा पुग्न आबश्यक रहेको उल्लेख गर्नुभयो । खनालले आफुले जेसिजको नेतृत्व सम्हाल्ने अवसर पाएमा ४ वटा क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठानको कार्यालय स्थापना गरि सबै शाखालाई सहज तबरले तालिम प्रदान गर्ने बताउनुभयो । पनौती जेसिज बर्ष २०१९ का अध्यक्ष अनिष व्लोमको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा उम्मेद्धवार खनालले आफ्नो उम्मेद्धवारी राज्यका विभिन्न अंगहरुसंग समन्वय गर्न, जेसिजका हरेक क्रियाकलापलाई परिणाममुखी बनाउन, राज्यको एक अभिन्न अंगका रुपमा स्थापित गराउदैँ निति निर्माण तहमा जेसिज नेतृत्वको उपस्थीती गराउने लक्ष्यका साथ आफु चुनावमा होमिएको बताउनु भयो । कार्यक्रममा बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटीले यस पटक जेसीजमा लामो अनुभव संगालेका खनाललाई वीजयी गराउन आग्रह गर्नुभयो ।


चितवनको बिसहजार जेसिजबाट २००४ मा सदस्यता लिएर २०१० मा शाखा अध्यक्ष, २०१२ मा राष्टिय उपाध्यक्ष, २०१३ मा राष्टिय महासचिव हुदैँ २०१६ मा राष्टिय कार्यकारीणी उपाध्यक्ष पद सम्हालेर कार्य अनुभव लिईसकेका खनाललाई शाखाले २०२० मा राष्टिय अध्यक्ष पदमा अगाडी सारेको अध्यक्ष सन्तोष मजाकोटीले बताउनुभयो ।

प्रकाशित : २०७६ मंसिर ९ गते ११:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI