राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको अध्यक्षमा रमेश बिजि निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ९ गते ११:१४

नवलपुरका दिपक खडका तृतीय उपाध्यक्ष र रमेशराज भट्टराई सचीवमा निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित हुुनुभएको छ । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५८४ मत पाउँदा खत्रीले ५४५ मत ल्याउनुभयो । कोषाध्यक्षमा राजु ढकालले ७३७ मत ल्याएर विजयी हनुभयो भने तारापती सुवेदीले ३७२ मत पाउनुभएको थियो । सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले, खुला सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कल शर्मा विजयी हुुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उपमहासचिवमा शङ्कर विसी र शिव हमाल, साङ्गठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध चयन हुनुभएको छ ।

केन्द्रीय सदस्य महिलातर्फ सम्झना लामिछाने मगर, जानकी तरामी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सीता राना निर्वाचित हुुनभएको महाधिवेशन आयोजक समितिका सहसंयोजक सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वाचित हुनुभयो । केन्द्रीय सदस्यमा गण्डकीतर्फ तारानाथ आचार्य तथा सुदूरपश्चिमतर्फ नवीन धामी विजयी हुनुभयो । केन्द्रीय सदस्य विदेश शाखामा रामकृष्ण बम मल्ल र दुर्गा पङ्गेनी विजयी हुनुभयो । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । (रासस)

निर्विरोध निर्वाचित पदाधिकारी र सदस्यहरु

प्रकाशित : २०७६ मंसिर ९ गते ११:१४
Copyright © 2020 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology