हङकङमा लोकतान्त्रिक शक्तिलाई बहुमत : चीनलाई झटका

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ९ गते ८:५४
हङकङमा लोकतान्त्रिक शक्तिलाई बहुमत : चीनलाई झटका

काठमाडौं । हङकङमा आइतबार सम्पन्न स्थानीय चुनावमा लोकतन्त्र समर्थक आन्दोलनकारीहरुको समूहले बहुमत हासिल गरेको छ ।  लामो समयदेखि हङकङलाई स्वतन्त्र गर्न र पूर्ण लोकतन्त्रका लागि माग गरिरहेकाहरुले नै बेइजिङ समर्थक पार्टीमाथि जित हासिल गरेका हुन् । 

उनीहरुले चीनलाई जवाफ दिनका लागि पनि अर्ध स्वायत्त चिनियाँ क्षेत्रको चुनावलाई सफल पार्नुपर्नेमा जोड दिएका थिए । हङकङमा अहिलेसम्मकै सबैभन्दा बढी मत खसेको बताइएको छ । 

यसबाट आन्दोलनकारीहरुले चुनावले बेइजिङ सरकारलाई पाँच महिनादेखि अस्थिर रहेको हङकङले गतिलो सन्देश दिएको दावी गरेका छन् । 

२४१ सिटको पहिलो नतिजामा लोकतन्त्र समर्थकले २०१ सिटमा जित हासिल गरेको छ । साउथ चाइना मर्निङ पोष्टले चिनियाँ समर्थक पार्टीले जम्मा २८ सिटमात्र जितेको छ । 

७४ लाख जनसंख्या भएको हङकङमा ४१ लाख मानिसले मतदानका लागि नाम दर्ता गरेकामा २९ लाखले मतदान गरेका थिए ।  

सन् २०१५ को चुनावमा ४१ प्रतिशत मत खसेकामा यसपटक ७१ प्रतिशत मत खसेको हो । 

एक हजार भन्दा बढी उम्मेदवार ४५२ जिल्ला काउन्सिल सिटका लागि चुनावी मैदानमा रहेका थिए ।

ग्रामिण जिल्लाका लागि २७ सिट छुट्टाइएको छ । यी सिटहरुमा हालसम्म बेइजिङ समर्थित पार्टीहरुको बहुमत रहेकामा त्यो पासा पल्टिएको छ । 

प्रारम्भिक नतिजापछि लोकतन्त्रका लागि आन्दोलनमा होमिएकाहरुको आन्दोलन सडकमा खुशीयालीमा परिणत भएको छ । 

यो नतिजाले युवाहरु अझ बढी उत्साही भएका छन् । पाँच महिनादेखिको निरन्तरको आन्दोलनले अर्थतन्त्र चौपट् बनेको छ । यो नतिजाले अहिलेकी शासकको अग्निपरीक्षा पनि भएको छ । 

हङकङमा अपराधीलाई चीनलाई सुपुर्दगी गर्नुपर्ने विषयमा सरकारले विधेयक पारित गर्न थालेपछि विरोधमा उत्रेका जनताले उक्त विधेयक फिर्ता गराएर त छाडे नै अब देशलाई नै पूर्ण स्वतन्त्र गराउन वर्तमान शासकलाई नै सत्ताबाट हटाउने योजनामा छन् । 

प्रकाशित : २०७६ मंसिर ९ गते ८:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI