No ads found for this position

नवदुर्गाको ३१औ वार्षिकोत्सव : दाहाल द्वारा एकलाख को अक्षयकोष स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ८ गते १६:५१
No ads found for this position
नवदुर्गाको ३१औ वार्षिकोत्सव : दाहाल द्वारा एकलाख को अक्षयकोष स्थापना
No ads found for this position

प्रेम न्यौपाने, कावासोती ८ मंसिर

विद्यालयहरुले अबको पठनपाठनमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरि विद्यार्थी र अभिभाककलाइ प्रविधिसँग जोड्न जरुरी रहेको कावासोतीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । कार्यक्रममा बोल्दै उनीहरुले विद्यालयमा हुने हरेक गतिविधिहरुको बारेमा अभिभावकलाई समेत प्रविधिको माध्यमबाटै जानकारी दिने र लिने गर्नुपर्ने बताए । नवदुर्गा आधारभूत विद्यालय कावासोती-२ भाट्टोलाको आइतबार सम्पन्न ३१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै उनिहरुले सो कुरा वताएका हुन । त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि उनिहरुको जग बलियो बनाउन विद्यालय र अभिभावक दुबैले आ-आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय सामुदायिक विद्यालयमा सुरु गरिएको खाजा कार्यक्रम अत्यन्तै प्रभावकारी भएको समेत बताउँनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झमानसिं कानुमगरको अध्यक्षता एवं कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सिद्धार्थ आवासीय मा वि का प्रिन्सिपल भोजराज दाहालले विद्यालयमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ । दाहालले आफ्ना स्वर्गीय आमाबुवा रमादेवी दाहाल र देवीलाल दाहालको स्मृतिमा अक्षयकोषको स्थापना गर्नुभएको हो । कावासोती नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा अक्षयकोषको स्थापना गर्ने अभियान सुरु गर्नुभएका दाहालले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष झमानसिं कानुमगर र विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेलाइ एक लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा कावासोती नगरपालिका वडा नं २ का वडाध्यक्ष लक्ष्मी प्रसाद पौडेल , नगरपालिकाका स्रोत शिक्षक तिर्थराज कंडेल, शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक लिलाधर भुसाल, विद्यालयका पूर्व अध्यक्ष विष्णु प्रसाद भुसाल,सिद्धार्थ आवासीय मा वि का प्रिन्सिपल भोजराज दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक रीता खड्काले गर्नुभएको थियो ।

प्रकाशित : २०७६ मंसिर ८ गते १६:५१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI