बालुवाटारको लालपुर्जामा विष्णु पौडेलको फोटो राखेर चुनाव प्रचार प्रसार

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ८ गते १६:३३
बालुवाटारको लालपुर्जामा विष्णु पौडेलको फोटो राखेर चुनाव प्रचार प्रसार

पोखरा : कास्कीमा हुन लागेको उपनिर्वाचनमा आफ्नो उमेदवारलाई भोट माग्‍न दलहरुलाई भ्याइ नभ्याइ छ। अहिले धमाधम आमसभा भइरहेका छन्। 

भोट माग्‍न विभिन्‍न मुद्दा नाराका रुपमा दलहरुले अघि सारेका छन्। आइतबार समाजवादी पार्टिले पोखराको पृथ्वी चोकमा आमसभा गरेको छ।

सभामा आएका नेता कार्यकर्ताले बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेलको फोटोसहित बालुवाटारको लालपुर्जा बोकेर सरकारको विरोध जनाए। 

उनिहरुले भने, ‘सरकारी जग्गा कब्जा बन्द गर, भ्रष्टाचार बन्द गर।’ त्यस्तै उनीहरुले तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई जोडेर वाइडबडी जहाजको प्रतिमूर्ति पनि प्रदर्शन गरे। 

समाजवादीको सभालाई सम्बोधन गर्न संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव कास्की आएका छन्। समाजवादीले इन्जिनियर धर्मराज गुरुङलाई कास्की २ मा उम्मेदवार बनाएको छ।

प्रकाशित : २०७६ मंसिर ८ गते १६:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI