मंसिर ८ – नेपाली कांग्रेसका सभापति एवं
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे दिएको
अभिव्यक्तिले यतिबेला राजनितीक
क्षेत्र तंरगित बनिरहेको छ । शनिबार पोखरामा बोल्दै देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा
ओलीसंग सल्लाह गरेरै नक्सा सार्वजनिक गरेको दाबी गर्दै आफुले जोगाएको कालापानी लिपुलेक
भारतलाई ओलीले सुम्पिएको आरोप
लगाएका थिए । उनको अभिव्यक्तिसंगै सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले
देउवालाई कडा काउन्टर दिएका छन् । मन्त्री बाँस्कोटाले चुनावको बेलामा देउवा ढाडे पल्टिएको
भन्दै अभिव्यक्ति दिएका छन् ।
मन्त्री
बाँस्कोटाले पोखराबाट नै देउवाले नाकाबन्दी चुक्क बोल्न नसकेको तर अहिले भने ढाडे
पल्टिएको भन्दै काउन्टर दिए । उनले भने “हाम्रो भाषा लरबरिँदैन देशभक्तीको प्रश्नमा । नाकाबन्दीमा
एक शब्द बोल्न नसक्ने , म्याउँ गर्न नसक्ने अहिले चाही चुनाव आयो
भनेर ढाडे बनेर कुर्लिएर हुन्छ रु चुनाव हार वा जितसंग यस्ता बिषय ल्याएर जोड्नु
हुँदैन” । साथै उनले देउवा प्रधानमन्त्री हुदा
भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको पनि प्रसंग उठाए । मन्त्री
बाँस्कोटाले टनकपुर सन्धिप्रति देउवाको दृष्टिकोण के हो भनेर प्रश्न समेत गरे ।
उनले भने “यस्ता आरोप लगाउँने हो भने गण्डकी , कोशीमा सम्र्झाता गर्दाखेरी ती सबैको
एकमुष्ट जवाफ श्री शेरबहादुर
देउवाले दिनुपर्छ । उहाँको दलले दिनुपर्छ” ।
उनले भारतले
सार्वजनिक गरेको राजनितीक नक्साप्रति इतिहासमै पहिलो पटक कुनै बहालवाला प्रधानमन्त्रीले म यो
मान्दिन , नेपालका लागि यो स्वीकार्य छैन भनेर बोलेको बताए । उनले भने “देउवाले संविधान जारी भएपछि भ्रमणमा जाँखा भारतीय नेतृत्वसंग बसेर
सार्वजनिक समारोहमा बाबा म त्यो संविधान पनि तिमीले भने बमोजिम नै गर्छु भनेर बक्बकाएर आइको
त अहिले पनि देखिन्छ । त्यो
ओपन कुरा हो मैले लगाएको आरोप होईन । तथ्य हो त्यो भिडियोहरु हेर्नुस पहिलाको” । एक पटक जनताको मत र फैसलाहरुमाथि प्रश्न उठाँउदा त्यो नेपाली जनताको मत हो
भनेर बोल्न नसक्ने देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान , क्षमता र संघर्षको कुरामाथि प्रश्न
उठाउँनु आफैमा लज्जाजनक भएको भन्दै मन्त्री
बाँस्कोटाले देउवाको अभिव्यक्तिप्रति खेद प्रकट गरेको बताए ।
प्रकाशित : २०७६ मंसिर ८ गते १२:५९
Facebook Comment